हरिलाल राई स्मृति सम्मान : दुई उत्कृष्ट कर्मचारीलाई  « Khabarhub

हरिलाल राई स्मृति सम्मान : दुई उत्कृष्ट कर्मचारीलाई 


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी–४ खाल्लेका स्वर्गीय नासु हरिलाल राईको स्मृतिमा दुई राष्ट्रसेवक कर्मचारीलाई सम्मान प्रदान गरिएको छ ।

किराँत राई कर्मचारी मञ्च केन्द्रीय समितिले स्थापना गरेको अक्षय कोषबाट कृषि ज्ञान केन्द्र खोटाङमा कार्यरत छैटौँ तहका अधिकृत हरिनारायण राई र इटहरी उप-महानगरपालिकाको स्वास्थ्यचौकी हासपोसामा कार्यरत अनमी बिमला राईलाई सम्मान गरिएको हो ।

समितिले आयोजना गरेको बृहत् वनभोज कार्यक्रममा उनीहरूलाई सम्मान–पत्र सहित जनही १५ हजार राशि प्रदान गरिएको किरात राई कर्मचारी मञ्च केन्द्रीय समितिका महासचिव अनिल किराँतीले बताए।  दुर्गम क्षेत्रमा लामो समय सेवा गरेको तथा किराँत समुदायको उत्थानमा पुर्‍याएको योगदानको कदर गर्दै राई द्वयलाई सम्मान प्रदान गरिएको हो ।

हरिलाल राई स्मृति सम्मान कोषको नियमावली–२०७७ बमोजिम पाँच जिल्ला कार्य समितिले सिफारिस गरेको १० कर्मचारीमध्येबाट व्यवस्थापन समितिले निश्चित मापदण्डको आधारमा दुई जनालाई छनौट गरेको हो ।

को हुन् हरिलाल राई ?

लहानमा काठमाडौँ पूर्वतर्फ जाँदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिँदा मालपोत कार्यालय खोटाङमा कार्यरत नासु राईको ७ पुस २०७७ मा निधन भएको थियो । उनको स्मृतिमा उनकै बुवा उदयबहादुर राई र आमा चुनामाया राईले अक्षय कोष स्थापनार्थ उपलब्ध गराएको ३ लाखबाट ३ वैशाख २०७८ मा यो कोष स्थापना गरिएको हो ।

पुण्य तिथि पारेर हरेक वर्ष ८ पुसमा यो सम्मान प्रदान गर्ने निर्णय गरिएको भए पनि कोभिड १९ को महामारीका कारण गत वर्ष कार्यक्रम गर्न नसकिएको मञ्चले जनाएको छ ।

नेपालको सार्वजनिक प्रशासनमा आबद्ध भएर देश र जनताको सेवामा समर्पित किराँत राई समुदायका सर्वोत्कृष्ट राष्ट्रसेवक कर्मचारीलाई सार्वजनिक सेवा र समुदायको हितमा प्रोत्साहित गर्न एवं वृत्ति विकासमा टेवा पुर्‍याउने लक्ष्य कोषको छ।

वार्षिक रूपमा प्राप्त हुने व्याजबाट किरात राई समुदायका एक-एक जना महिला/पुरुष राष्ट्रसेवक कर्मचारीलाई सम्मान गर्ने गरिएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ६ : ३६ बजे

इनिशा हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै संयुक्त नागरिक पार्टीको

काठमाडौं– इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै

‘कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर’ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं– भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

स्वास्थ्य बीमाको सास्ती : अनुभवी मन्त्रीको प्रयासमा पनि फुकेन गाँठो

काठमाडौं- जेन-जी आन्दोलनपछिको विषम परिस्थिति सम्हाल्न गत भदौ २७ गते

नाइजेरियामा आत्मघाती आक्रमण : २३ जनाको मृत्यु, सयभन्दा बढी घाइते

एजेन्सी– उत्तरपूर्वी नाइजेरियामा भएको आत्मघाती आक्रमणमा २३ जनाको मृत्यु हुनुका

श्रीलंकामा इन्धन संकट, सरकारी कार्यालय बुधबार बन्द रहने

एजेन्सी– श्रीलंकाले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका