विश्व कीर्तिमानी निर्मल पूर्जालाई बेलायतमा सम्मान « Khabarhub

विश्व कीर्तिमानी निर्मल पूर्जालाई बेलायतमा सम्मान


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन – बेलायतको ईष्टली बरो काउन्सिलले हिमाल आरोहणमा विश्व कीर्तिमानी कायम गर्ने पूर्व गोर्खा आरोही निर्मल पुर्जालाई उच्च सम्मान प्रदान गरेको छ ।

पुर्जालाई काउन्सिलले ‘फ्रिडम अफ दि बरो’ उपाधि सहित सम्मान गरिएको हो । काउन्सिल भवनमा आयोजित एक समारोहबिच इष्टली मेयर काउन्सिलर सिन्थिया गार्टोनले उनलाई उक्त सम्मान प्रदान गरेकी हुन् ।

सन् १९४६ मा इष्टली बरो बनेयता उक्त सम्मान पाउने पूर्जा १७औं व्यक्ति हुन् । सम्मान प्रदान गर्दै मेयर सिन्थियाले पूर्जा विश्वले नै गर्व गर्न लायक धरोहर भएको भन्दै बधाई दिइन् । निर्मल पूर्जाले सम्मान प्रदान गरिएकामा काउन्सिलप्रति आभार व्यक्त गरेका छन् । निर्मल इष्टली बरोकै बासिन्दा हुन्।

निर्मल नेपाल पर्वतारोहण संघको सद्भावना दूतसमेत हुन् । उनले दुई वर्षअघि सबैभन्दा कम अवधि ६ महिना ६ दिनमा संसारका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए । पुर्जामा आधारित रहेर तैयार पारिएको वृत्तचित्र नेटफ्लीक्समा ट्रेन्डिङमा पर्न सफल भएको थियो ।

एसोसिएसन अध्यक्ष कमल पूर्जाले निर्मलले उक्त सम्मान पाएर नेपाली समुदायको शिर उचो बनाएको बताए । समारोहमा इष्टली गोर्खा नेपलिज एसोसिएसन अध्यक्ष कमलबहादुर पूर्जा लगायत एसोसिएसन पदाधिकारी, काउन्सिल लिडर, काउन्सिलका प्रमुख कार्यकारी, भूपू गोर्खाहरू आदिको सहभागिता थियो ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  १० : १० बजे

सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम

पाकिस्तानको मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते

इस्लामाबाद– पाकिस्तानको दक्षिणी शहर कराचीमा शनिबार राति एक मलमा आगलागी

बालेनले राजीनामा नदिई उम्मेदवारी दर्ता गराउने, यस्तो छ कानुनी व्यवस्था

काठमाडौं– काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह ‘बालेन’ले प्रतिनिधिसभाको उम्मेदवार बन्नुअगाडि

खोला मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं– गैर न्यायिक रुपमा खोला तथा सडक मापदण्ड निर्धारण गरिएको

म्युजिक नेपालले ल्यायो ‘डल्बी एट्मस’ स्टुडियो

काठमाडौं – नेपाली फिल्म र संगीत क्षेत्रको प्राविधिक गुणस्तर दिन