भरुवा बन्दुकको गोली लागेर एकको मृत्यु « Khabarhub

भरुवा बन्दुकको गोली लागेर एकको मृत्यु


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा – डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि भरुवा बन्दुकको पासो थापेका गन्यापधुरा ४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी देवेन्द्र पालकाअनुसार दलबहादुरको डडेल्धुरा अस्पताल लैजादैँ गर्दा बाटोमा नै मृत्यु भएको हो।

उनको शव अस्पतालमा राखिएको छ। त्यस्तै, घटनामा संलग्न रहेको हुनसक्ने भन्दै प्रहरीले अन्य ४ जनालाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

नियन्त्रणमा लिइएकाहरुको परिचय भने प्रहरीले खुलाएको छैन। जंगली जनावर बदेल मार्नको लागि राखिएको बन्दुक पड्केको डीएसपी पालले बताए ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  १० : २६ बजे

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि