युरोपका तीन प्रधानमन्त्री किभमा « Khabarhub

युरोपका तीन प्रधानमन्त्री किभमा


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपका तीन प्रधानमन्त्रीहरू व्यापक रुसी आक्रमणको सामना गरिरहेको युक्रेनी राजधानी किभ पुगेका छन् । युक्रेनी राष्ट्रपति भोदोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्न र रुसी आक्रमण विरुद्ध ऐक्यबद्धता जनाउन पोल्यान्ड, स्लोभिनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरू किभ पुगेका हुन् ।

पोल्यान्डका प्रधानमन्त्री मातेयस मोरावेस्की, चेक गणतन्त्रका प्रधानमन्त्री पिटर फिआला र स्लोभेनियाका प्रधानमन्त्री यानेज याश्ना रेलमार्गबाट त्यहाँ पुगेको बीबीसीले जनाएको छ ।

चेक गणतन्त्रका प्रधानमन्त्री फिआलाले ट्विटरमा लेखेका छन्, ‘हामीलाई थाहा छ तपाईंहरू हाम्रो जीवनका लागि पनि लडिरहनु भएको छ । तपाईंहरू एक्लै हुनुहुन्न, हाम्रा देशहरूमाथि तपाईंको पक्षमा छन् ।’

त्यस्तै, पोल्यान्डका प्रधानमन्त्री मोरावेस्कीले युक्रेनलाई गुमाएको खण्डमा युरोप उस्तै नरहने र युरोप ‘हार, लज्जा, दयनीय अवस्था’ मा पुग्ने प्रतिक्रिया दिएका छन् ।

‘तपाईंहरुको भ्रमण युक्रेनप्रति शक्तिशाली समर्थनको अभिव्यक्ति हो ।’ जेलेन्स्कीले तीन प्रधानमन्त्रीको प्रतिनिधिमण्डललाई बताएको बीबीसीले जनाएको छ ।

भ्रमणका क्रममा रुसविरुद्ध कठोर प्रतिबन्ध र रुसलाई आतङ्कवादलाई साथ दिने देशको मान्यता दिने विषयमा छलफल भएको युक्रेनी प्रधानमन्त्री डेनिस श्याम्हालले ट्विटरमार्फत् जनाएका छन् ।

रुसले युक्रेनमा आक्रमण थालेयता किभमा उच्चस्तरीय विदेशी प्रतिनिधिमण्डलको यो पहिलो भ्रमण हो ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ११ : ३४ बजे

गृहमन्त्री गुरुङको नाममा १९ रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङको नाममा उल्लेख्य मात्रामा जग्गा र सुनचाँदी

ज्वालामुखी मुलुकको पहिलो स्वच्छ गाउँपालिका घोषणा

धादिङ – धादिङको ज्वालामुखी गाउँपालिकालाई मुलुकको पहिलो सफा तथा स्वच्छ

अर्थमन्त्रीको सम्पत्ति : चार ठाउँमा घर र अपार्टमेन्ट, बैंकमा झण्डै दुई करोड मौज्दात

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नाममा चारवटा घर तथा अपार्टमेन्ट

प्रधानमन्त्री शाहको खातामा १ करोड ४६ लाख रुपैयाँ, श्रीमतीसँग १९० तोला गहना

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।