ओरालो लाग्यो सुनको मूल्य, एक लाखभन्दा तल झर्यो « Khabarhub

ओरालो लाग्यो सुनको मूल्य, एक लाखभन्दा तल झर्यो


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुनको मूल्य यो साता ‌ओरालो लागेको छ । साताको पहिलो दिन प्रतितोला एक लाख दुई हजार आठ सयमा किनबेच भएको छापावाला सुन साताको चौथो दिन बुधबार ९९ हजार तीन समय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साताको पहिलो दिनको तुलनामा दोस्रो दिन सोमबार आठ सय रुपैयाँले घटेर एक लाख दुई हजार तीन सय रुपैयाँ तोकिएको थियो । यसैगरी सोमबारको तुलनामा म‌ंगलबार छापावाल सुनको मूल्य एक हजार आठ सय रुपैयाँले घटेर एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको स‌ंघले जनायो ।

मंगलबारको तुलनामा बुधबार तोलामा एक हजार दुई सय रुपैयाँले घटेर ९९ हजार तीन सय रुपैयाँमा किनबेच भइरहेको छ । साताको पहिला दिनको तुलनामा साता चौथो दिन बुधबार सुनको मूल्य तीन हजार पाँच सय रुपैयाँले घटेको छ ।

बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ७० रुपैयाँ तोकिएको संघले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ११ : ४१ बजे

मन्त्री सीता वादीको सम्पत्ति विवरण : २० कुखुरा र एउटा कुकुर, बैंकमा १५ लाख मौज्दात

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग

गृहमन्त्री गुरुङको नाममा १९ रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङको नाममा उल्लेख्य मात्रामा जग्गा र सुनचाँदी

ज्वालामुखी मुलुकको पहिलो स्वच्छ गाउँपालिका घोषणा

धादिङ – धादिङको ज्वालामुखी गाउँपालिकालाई मुलुकको पहिलो सफा तथा स्वच्छ

अर्थमन्त्रीको सम्पत्ति : चार ठाउँमा घर र अपार्टमेन्ट, बैंकमा झण्डै दुई करोड मौज्दात

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नाममा चारवटा घर तथा अपार्टमेन्ट