युक्रेनमा फक्स न्युजका दुई पत्रकार मारिए « Khabarhub

युक्रेनमा फक्स न्युजका दुई पत्रकार मारिए


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी आक्रमणको सामना गरिरहेको युक्रेनमा अमेरिकी टेलिभिजन च्यानल फक्स न्युजका दुई पत्रकार मारिएका छन् । राजधानी किभको बाहिरी क्षेत्रमा रहेको होरेन्का क्षेत्रमा फक्स न्युजका ५५ वर्षीय क्यामेरापर्सन आइरिश नागरिक पिएर जाक्रजेव्स्की र २४ वर्षे युक्रेनी ओलेक्सान्द्रा कुभ्सिनोभा मारिएको फक्स न्युजले जनाएको छ ।

फक्स न्युजले पत्रकारको मृत्युप्रति दुःख व्यक्त गरेको छ । च्यानलकी प्रमुख कार्यकारी सुजन स्कटले आफ्नो संस्थाका लागि यो ‘हृदयविदारक दिन’ भएको जनाएकी छिन् ।

उनका अनुसार पिएर अफगानिस्तान, सिरिया इराकजस्ता द्वन्द्वग्रस्त स्थानमा गई समाचार संकलन गर्दै आएका थिए भने कुभ्सिनोभा केही महिनाअघिमात्रै फक्स न्युजमा काम थालेकी थिइन् ।

यसअघि उनीहरूसँगै काम गर्ने ३९ वर्षे बेलायती पत्रकार बेन्जामिन हल घाइते भएको समाचार सार्वजनिक भएको थियो । उनको अवस्था गम्भीर रहेको जनाइएपनि यसबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

गत आइतबारमात्रै न्युयोर्क टाइम्सका पत्रकार ब्रेन्ट रेनडलाई किभ बाहिरको इरपिन शहरमा गोली हानी हत्या गरिएको थियो । युक्रेनी संसद्को मानवअधिकार समितिकी प्रमुख लुदमिला डेनिसोभाले युक्रेनमा कम्तीमा अरु दुई पत्रकार मारिएको जनाएकी छिन् ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  १२ : ४१ बजे

सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम

पाकिस्तानको मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते

इस्लामाबाद– पाकिस्तानको दक्षिणी शहर कराचीमा शनिबार राति एक मलमा आगलागी

बालेनले राजीनामा नदिई उम्मेदवारी दर्ता गराउने, यस्तो छ कानुनी व्यवस्था

काठमाडौं– काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह ‘बालेन’ले प्रतिनिधिसभाको उम्मेदवार बन्नुअगाडि

खोला मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं– गैर न्यायिक रुपमा खोला तथा सडक मापदण्ड निर्धारण गरिएको

म्युजिक नेपालले ल्यायो ‘डल्बी एट्मस’ स्टुडियो

काठमाडौं – नेपाली फिल्म र संगीत क्षेत्रको प्राविधिक गुणस्तर दिन