प्रभासले तोडेको ’बाचा’ « Khabarhub

प्रभासले तोडेको ’बाचा’


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

साउथ इन्डियन अभिनेता प्रभास बाहुबली सिरिज मार्फत चर्चामा आए । दुई भागमा आएको बाहुबलीले प्रभासलाई साउथ इन्डियामा मात्र सीमित राखेन। त्यसपछि उनी भारतसँगै एसियाकै ठुला स्टार मध्ये एक बने ।

उनको क्रेज बढ्नुको कारण उनकै फिल्म र अभिनय थियो । प्रभास अभिनीत फिल्म ’राधेश्याम’ प्रदर्शनरत छ । मार्चमै प्रदर्शन हुने फिल्मको प्रमोसनकै क्रममा उनले विवाहको बारेमा कुराकानी गरेका छन् । प्रभासले बाहुबली रिलिज भएपछि विवाह गर्छु भनेर आफ्नी आमासँग ’वाचा’ गरेका थिए । यद्यपि त्यसपछि उनको ’साहो’ समेत प्रदर्शनमा आइसकेको छ । तर , उनले आफ्नो वाचा पुरा गरेका छैनन् ।

यसैबारेमा कुराकानी गर्दै उनले विवाह सही समयमा हुने बताए । ’मैले आमालाई भनेको थिए । यद्यपि विवाह सही समय नआई हुँदैन’ प्रभासले भने । उनले हरेक घरमा हुर्केको छोरालाई आमाले विवाहका लागि भन्ने नर्मल रहेको बताए । ’हामी कहाँ हाम्रो बढी चिन्ता अभिभावकले गर्छन् । मेरो आमा पनि अन्य आमा झैँ मेरो घरपरिवार हेर्न चाहन्छिन्’ उनले भने । प्रभासले आफ्नो आमालाई अब छिटै विवाह हुन्छ भन्दै चिन्ता नलिन आग्रह गर्ने गरेका छन् । यद्यपि उनी भन्छन् ,’सही समय आउनदिनुस् ।’

केही समय अगाडी प्रभासको अनुष्का शेट्टीसँग प्रेम सम्बन्ध रहेको चर्चा नचलेको होइन । यद्यपि यी टुइले आफ्नो सम्बन्धलाई प्रेमको रूपमा  स्वीकारेका छैनन् । प्रभास अभिनीत फिल्म ‘राधेश्याम’ मा उनको को–स्टार छिन् पुजा हेगड़े । लभ स्टोरी यस फिल्ममा भाग्य र मायाको लडाईलाई प्रस्तुत गरिएको छ । फिल्मलाई ४ सय करोडको हाराहारीमा निर्माण गरिएको हो । राधाकृष्ण कुमारको निर्देशनमा तयार फिल्मको मिश्रित प्रतिक्रिया आइरहेको छ  ।

 

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  १ : १५ बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न