नवलपरासीमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु « Khabarhub

नवलपरासीमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवलपरासी बर्दघाट सुस्ता पुर्वको देवचुली नगरपालिका–१५ धौलागिरी चोकमा बुधबार बिहान बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बसमा सवार रुपन्देही खैरेनी सुर्यापुरा गाँउपालिका–३ की ३७ वर्षीया मायादेवी पाण्डे रहेकी छन् ।

गम्भीर घाइते भएकी पाण्डेको उपचारको क्रममा भरतपुर स्थित कलेज अफ मेडिकल साईन्स अस्पतालमा बुधबार बिहान साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका बसमै सवार मायादेवीका श्रीमान् ४२ वर्षीय मणिराम पाण्डेको सोही अस्पतालमा उपचार भईरहेको छ ।

४२ जना यात्रु लिएर काठमाण्डौबाट बुटवल तर्फ जाँदै गरेको लु २ ख ४३१९ नम्बरको बस बिपरीत दिशाबाट आँउदै गरेको ना ६ ख १७२१ नम्बरको ट्रकसँग बुधबार बिहान पौने ६ बजे ठोक्किएका थियो ।

दुबै सवारीसाधन सहित चालकहरु जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  १ : ४० बजे

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि