विराटनगरमा वाणिज्य कार्यालयबाट आठ महिनामा ९८ लाख राजस्व सकंलन « Khabarhub

विराटनगरमा वाणिज्य कार्यालयबाट आठ महिनामा ९८ लाख राजस्व सकंलन


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले गएको आठ महिनामा ९८ लाख ४८ हजार राजस्व संकलन गरेको छ ।

यस अवधिमा कार्यालयले नयाँ फर्म दर्ता एक हजार २१९, नवीकरण एक हजार ५०६, संशोधन ७३३ र १७६ खारेजी गरेको कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।

उनले चालु आर्थिक वर्षको आठ महिनामा ८७ अनुगमनबाट २५ वटा फर्म कारबाहीमा परी १० लाख २७ हजार जरिवाना असुल गरेको प्रमुख पोखरेले बताए ।

यसैबीच आज विश्व उपभोक्ता दिवस अवसरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कार्यक्रम पनि गरेको छ ।

कार्यालयले सुरक्षित र समावेशी विद्युतीय कारोबारः उपभोक्ता अधिकार’ प्रमुख नाराका साथ विश्व उपभोक्ता दिवस मनाएको हो ।

कार्यक्रममा प्रमुख पोखरेलले नागरिक शिक्षा, स्वच्छ व्यापारिक क्रियाकलापमा निजी क्षेत्रको सहयोग वृद्धि र नियामक निकायको निगरानी वृद्धि हुनेपर्ने तथा दरबन्दी अनुसारको कर्मचारी भएमा यस क्षेत्रमा थप सफलता मिल्ने बताएका थिए ।

उनले उजुरी र त्यसउपरको कार्यान्वयन बढ्दै गएको र पछिल्लो समय उजुरी सम्बन्धी विषयमा नै अनुगमन केन्द्रित भइरहेकाले यस क्षेत्रमा सुधारको सङ्केत देखिएको बताए ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ३ : २९ बजे

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा