मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी « Khabarhub

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । वन्यजन्तुलाई पानी पिउन सहयोग होस् भन्ने उद्देश्यसहित डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८२–८३ मा जिल्लाका आठ सामुदायिक वनमा पोखरी निर्माण गरेको हो ।

पानी खोज्दै आउने वन्यजन्तुले मानिसलाई आक्रमण गर्न थालेपछि वन कार्यालयले पोखरी संरक्षण अभियानलाई अगाडि बढाएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले जानकारी दिए ।

रानाभाटका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा चितुवाको आतङ्क बढ्नुको पछाडि जङ्गलभित्र पानीको स्रोतको अभाव हो । वन्यजन्तु पानी खोज्दै बस्ती पस्ने र त्यस क्रममा मानिस तथा पशुधनमाथि आक्रमणका घटना हुने गरेका छन् ।

रानाभाटका अनुसार ऋषिङ गाउँपालिका–६ स्थित ज्वालादेवी सामुदायिक वन, व्यास नगरपालिका–६ स्थित सपनकोट सामुदायिक वन, शुक्लागण्डकी नगरपालिका–१० स्थित मलागिरि सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।

यस्तै, भानु नगरपालिका–१० स्थित कवाचित सामुदायिक वन, बन्दीपुर गाउँपालिका–२ स्थित पार्चे सामुदायिक वन, व्यास नगरपालिका–११ स्थित सिद्धबराह सामुदायिक वन, भिमाद नगरपालिका–२ स्थित शेरा सामुदायिक वन र म्याग्दे गाउँपालिका–२ स्थित उमाचोकमा पोखरी निर्माण गरिएको छ ।

रानाभाटले भने, ‘तनहुँमा केही वर्षयता चितुवाको आतङ्क छ, जङ्गलमा पानीको स्रोत मासिँदै गयो, चितुवा पानी खोज्दै बस्ती पस्न थाले । त्यसैलाई मध्यनजर गर्दै सामुदायिक वनमा पोखरी निर्माण गर्ने अभियानलाई निरन्तरता दिएको छ ।’

पोखरी निर्माणका लागि कार्यालयले सम्बन्धित वन उपभोक्ता समितिलाई एक लाख सहयोग गर्ने गरेको छ । वन कार्यालयले थालेको यो अभियानलाई कतिपय स्थानीय तहले पनि अग्रसरता लिएर आफैँले पोखरी निर्माण गर्न थालेका छन् ।

वन क्षेत्रमा पर्याप्त पानीको स्रोत उपलब्ध गराउनसके वन्यजन्तुलाई पानीका लागि बस्ती पस्नुपर्ने बाध्यता नहुने वन कार्यालयको विश्वास छ । चितुवा, हरिण, बाँदर, बँदेललगायत वन्यजन्तुले जङ्गलभित्रै पानी पाउने अवस्था सिर्जना भएमा मानव बस्ती र वन्यजन्तुको प्रत्यक्ष सम्पर्क घटाउन सकिने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ६ : ५९ बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले