’२ नम्बरी’ मा सौगातको इन्ट्री « Khabarhub

’२ नम्बरी’ मा सौगातको इन्ट्री


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसले सिर्जित अवस्थाको कारण रोकिएको फिल्म ‘२ नम्बरी’ चैतको दोस्रो साताबाट फ्लोरमा जाने तयारीमा रहेको छ । कोरोना भाइरसको कारण पहिलो पटक लकडाउन हुने समयमा फिल्म छायांकनरत थियो । यद्दपी फिल्म अब पहिलो सिनबाटै छायांकन गरिने निर्देशक दीपेन्द्र लामाले बताए । निर्देशक लामाले केहि समय अगाडी मात्र निर्माता किरण नेपालीसंग पोखरा वरपर लोकेसन पनि हेरेर फर्किसकेका छन् ।

फिल्मको केहि प्रतिशत अभिनय गरेका अभिनेता पल शाह नाबालिग करणीको आरोपमा न्यायिक हिरासतमा रहेको र फिल्मका अर्का कलाकार जयनन्द लामा स्वर्गीय भएकाले फिल्मको छायांकन सुरुबाटै हुन् लागेको हो । फिल्ममा उनको स्थानमा सौगात मल्लको इन्ट्री भएको छ । सौगातसँग निर्माण टिमले लिखित सम्झौता समेत गरिसकेको छ ।

’हाम्रो क्यामरा रोल गर्ने टार्गेट नै चैत्र १५ हो । एक दुई दिन सर्न सक्ला तर लगभग त्यहि तय छ’ निर्देशक लामाले बताए । उनले फिल्मको छायांकन पहिलेकै लोकेसनमा गरिने बताए । ’हाम्रो सेड्युल अनुसार हामी काम अगाडी बढाउछौँ’ निर्देशक लामाले भने । फिल्म छायांकनमा निस्किने तय भएसँगै भुटानी अभिनेत्री उगेन छोदेन नेपाल आएकी थिइन् । फिल्ममा सौगात र उगेनसँगै दयाहाङ राई , वर्षा राउत , कविता आलेको अभिनय रहनेछ ।

फिल्म आउँदो कार्तिक ४ गते प्रदर्शनमा आउने निर्माता नेपालीले बताए । ’मैंले पहिला चाहेकै अभिनेता सौगात हुन् । यद्दपी उनको समय मिल्न सकेको थिएन’ निर्माता नेपालीले भने । कलाकार, पटकथा र निर्माताको लाइनअपमा हेरेफेर गरिएपछि फिल्मको पुनः छायांकन गर्न लागिएको उनले बताए । मित्रताको कथा प्रस्तुत गर्ने फिल्ममा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) र अमलादेवी राईको लगानी छ । कार्यकारी निर्माता सरोज नेपाली हुन् ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ३ : ५८ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने