सरकारी छाप किर्ते गरेको आरोपमा १२ जना समातिए « Khabarhub

सरकारी छाप किर्ते गरेको आरोपमा १२ जना समातिए


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ई–पासपोर्ट छिटो बनाउन राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी ठगी गरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–१२ त्रिपुरेश्वरस्थित राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाई दिने प्रलोभन देखाई ठगी गर्ने कार्यमा संलग्नहरू पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले मंगलबार साँझ उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा रोल्पाको माडी गाउँपालिका–१ का २९ वर्षीय अमृत थापा, माडी गाउँपालिका–४ का २४ वर्षीय प्रज्वल खड्का, बाग्लुङ नगरपालिका–८ का ३० वर्षीय रञ्जित कार्की, म्याग्दी बेनि नगरपालिका–५ का ३३ वर्षीय रामजी परियार, ललितपुर महांकालकी ३६ वर्षीया गोमा बजगाई र पाल्पाको पूर्वखोला गाउँपालिका–५ का ३३ वर्षीय जिवनकुमार श्रेष्ठ रहेका छन् ।

त्यस्तै, रामेछाप गागल गाउँपालिका–८ का ३७ वर्षीय मिठे मगर, ललितपुर महाकाल गाउँपालिका–२ का रमेश बजगाई, काभ्रेपलाञ्चोक कटुन्जेबेशी गाउँपालिका–४ का २५ वर्षीय सन्दिप मैनाली, सिन्धुली दुधौली नगरपालिका–६ का २१ वर्षीय अभिषेक मगर, दैलेख आठबीस नगरपालिका–३ का २२ वर्षीय निरञ्जन तिवारी र धादिङ थाक्रे गाउँपालिका–४ का २४ वर्षीय मदन तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूका साथबाट किर्ते गरिएका विभिन्न सरकारी कागजातहरू ४ थान, मोबाइल १४ थान तथा विभिन्न सरकारी एवम् निजी छाप २० थानसमेत बरामद् गरेको छ ।

उनीहरूमाथि किर्ते गर्न नहुने कसुर मुद्दामा महानगरीय प्रहरी वृत्तबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ५ : ३७ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित