एमालेसँग चुनावी तालमेलको ढोका खुलै छ : पुन « Khabarhub

एमालेसँग चुनावी तालमेलको ढोका खुलै छ : पुन


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आफूहरूले एमालेसँग चुनावी सहकार्यको ढोका बन्द नगरेको बताएका छन् । 

पुनले संघ, प्रदेश र स्थानीय तह निर्वाचनमा वर्तमान सत्ता गठबन्धन आवद्ध काँग्रेस, एकीकृत समाजवादी र संघीय समाजवादीसँग तालमेलमा जोड दिने तर, एमालेसँग पनि ढोका बन्द नराख्ने नीति आफूहरूको रहेको बताए । 

‘सत्ता गठबन्धनका दलहरू बीचमै चुनावी तालमेल गर्नेमा हाम्रो जोड रहन्छ’, पार्टीको लुम्बिनी प्रदेश बैठकलाई बुधबार सम्बोधन गर्दै पुनले भने, ‘एमालेसँग पनि ढोका बन्द छैन ।’ यद्यपि माओवादी एक्लै निर्वाचन लड्न सक्षम रहेको उनको दावी छ । 

‘चुनावी तालमेल र सहकार्यलाई अस्वीकार गर्दैनौं, तर आफ्नै बलमा चुनाव लड्न सक्षम छौं’, पुनले भने । उनले बहुमत स्थानीय तह जितेका कांग्रेस एमालेका जनप्रतिनिधि भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । तर, माओवादीले जितेका स्थानीय तहमा राम्रो र नमुना योग्य काम भएको उनको भनाइ छ । 

कार्यसम्पादनमा उत्कृष्ट पाँच पालिकामध्ये तीन पालिका माओवादीले जितेका भएबाट पनि माओवादीले स्थानीय तहमा राम्रो गरेको प्रमाणित हुने उनले बताए । 

‘देशभर उत्कृष्ट ठहरिएका पाँचमध्ये तीन हामीले जितेका पालिका भएका छन्, यसले पनि हाम्रो क्षमता दर्शाउँछ’, उनले भने । माओवादीले जितेका ११६ वटै पालिकामा अन्य दलले जितेकाभन्दा राम्रो काम भएको दाबी उनले गरे । 

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ६ : २६ बजे

एमालेमा योगेशका ४ बुँदे फरक मत, भने- नेतृत्वको मनोमानीले स्वाभिमानी कार्यकर्तालाई अन्याय भयो

काठमाडौं– नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले केन्द्रीय कमिटी सचिवालय

सञ्चारमन्त्रीले भने- अहिलेसम्म चुनाव लड्ने निर्णय गरेको छैन

काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

एमालेले बनायो स्याङ्जा-१ मा मीनप्रसाद र २ मा खिम थापालाई उम्मेदवार

वालिङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बालेनले सम्हाले रास्वपा वरिष्ठ नेताको कार्यभार

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी

गुमनाम रहेका आकाश फिल्ममा फर्कने मोटामोटी पक्का

काठमाडौं – लगातार फिल्म फ्लप भएपछि नायक कसरी बेरोजगार हुन्छन्