रुपन्देही सुपरलिग : बुटवल-११ विजयी, बुद्ध सुपर फोरमा प्रवेश  « Khabarhub

रुपन्देही सुपरलिग : बुटवल-११ विजयी, बुद्ध सुपर फोरमा प्रवेश 


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- नेपाल टेलिकम रुपन्देही सुपरलिग ए डिभिजन अन्तर्गतको बुधबारको खेल बुटवल ११ ले जितेको छ । तिलोत्तमा क्रिकेट क्लबलाई ५६ रनले पराजित गर्दै बुटवल ११ ले जित निकालेको हो । 

भैरहवाको सिद्धार्थ रंगशालामा रुपन्देही क्रिकेट संघको आयोजनामा जारी खेलमा टस जितेर सुरुवाती ब्याटिङ रोजेको बुटवल-११ ले निर्धारित ५० ओभरको खेल मध्ये ३९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १५६ रन बनाएको थियो । जसका लागि सर्वाधिक विवश खातीले ४३, विवेक शर्माले २७ तथा ईशान पाण्डे र अभिषेक ठाकुरले २६-२६ रनको योगदान गरे । बलिङतर्फ तिलोत्तमाका अमरसिंह रौटेला र कृष्ण पराजुलीले ३-३ र कृष्ण कार्कीले २ विकेट लिए ।

१५७ रनको लक्ष्य पाएको तिलोत्तमाले जवाफी ब्याटिङमा ३७ ओभरमा सबै विकेट गुमाउँदै लक्ष्य पार गर्न सकेन । १०० रनमै समेटिएपछि हार बेहोरेको तिलोत्तमाका लागि कृष्ण भुसालले २३, भुवन गैरेले २० र अमरसिंह रौतेलले १४ रन बनाए । 

तिलोत्तमालाई सस्तैमा समेट्न बुटवल–११ का सुभम घमालले ४, सोनु तामाङले ३ र ईशान पाण्डेले २ विकेट लिए । बुधबारको खेलमा शुभम् घमाल म्यान म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

मंगलबार हुने भनिएको खेलमा टिम सहभागी नभएकोले बुद्ध क्रिकेट क्लब सुपर प्रवेश गरेको छ, बुद्ध नेट रन रेटको आधारमा अघिल्लो चरणमा प्रवेश गरेको संघका सचिव सञ्जय गुरुङले जानकारी दिए । 

बिहीबार डिभिजन ए अन्तर्गतको अन्तिम खेल वेश्टर्न क्रिकेट क्लब र शंकरनगर क्रिकेट क्लबबीच हुन संघले जानकारी दिएको छ । 

नेपालकै एक मात्र सुपरलिग प्रतियोगिता २०५४ साल देखि निरन्तर हुँदै आएको छ । जिल्ला भित्रका २० टिम मध्ये १२ टिमबीच लिगमा प्रतिस्पर्धा गराइँदै छ । लिगमा टप हुने ४ टिमबीच चैत ५ गतेबाट सुपर फोरमा प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिताको विजेताले ८० हजार, उपविजेताले ४० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, वेस्ट ब्याट्सम्यान, वेस्ट बलर र उदयीमान खेलाडीलाई जनही ५/५ हजार रुपैयाँ प्रदान गरिने संघका कार्यवाहक अध्यक्ष धिरज क्षेत्रीले बताए । प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ प्रदान गरिँदै आएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ६ : ३४ बजे

एमालेमा योगेशका ४ बुँदे फरक मत, भने- नेतृत्वको मनोमानीले स्वाभिमानी कार्यकर्तालाई अन्याय भयो

काठमाडौं– नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले केन्द्रीय कमिटी सचिवालय

सञ्चारमन्त्रीले भने- अहिलेसम्म चुनाव लड्ने निर्णय गरेको छैन

काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

एमालेले बनायो स्याङ्जा-१ मा मीनप्रसाद र २ मा खिम थापालाई उम्मेदवार

वालिङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बालेनले सम्हाले रास्वपा वरिष्ठ नेताको कार्यभार

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी

गुमनाम रहेका आकाश फिल्ममा फर्कने मोटामोटी पक्का

काठमाडौं – लगातार फिल्म फ्लप भएपछि नायक कसरी बेरोजगार हुन्छन्