चिनियाँ पानीजहाजका कारण सिएरा लियोनको मत्स्य उद्योग सङ्कटमा « Khabarhub

चिनियाँ पानीजहाजका कारण सिएरा लियोनको मत्स्य उद्योग सङ्कटमा


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफ्रिकी मुलुक सिएरा लियोनमा चिनियाँ मत्स्य उद्योगबाट स्थानीय माझीलाई असर पर्न थालेको देखिएको छ । पश्चिम अफ्रिकी मुलुक सिएरा लियोनको तटीय क्षेत्र माछा र अन्य समुद्री श्रोतका लागि निकै सम्पन्न मानिन्छ ।

युरोपियन टाइम्सका अनुसार सिएरा लियोनको माछा मार्ने औद्योगिक पानीजहाज मध्ये ७५ प्रतिशत चिनियाँ छन् ।

सिएरा लियोनको मत्स्य उद्योग एवम् समुद्री श्रोत मन्त्रालयका एक सल्लाहकार अनुसार माछा मार्ने चिनियाँ उद्योगले पछिल्ला ३० वर्षमा नाफा लैजाने गरेका कारण सन् २००९ देखि सन् २०२१ सम्म त्यहाँ उल्लेखनीय नकारात्मक असर परेको थियो ।

समुद्री खानाका श्रोतहरू तीब्र गतिमा हराउँदै गएको र यसकारण स्थानीय परिवार र माझी भोकमरीको सिकार भइरहेको युरोपियन टाइम्सले जनाएको छ । तटीय क्षेत्रमा बस्ने केही परिवारले दैनिक एक छाक मात्र खाने गरेको जनाइएको छ ।

मत्स्य उद्योगमा अत्यधिक निर्भर तटीय शहर टोम्बोका बासिन्दाहरू ऋणमा डुब्दै गएको र सो क्षेत्रमा हिंसाका घटनामा उच्च वृद्धि भएको समाचारमा जनाइएको छ ।
उक्त शहरमा मानिसहरू चिनियाँ माझीविरुद्ध प्रतिकारमा उत्रेको समाचार छ ।

माछा मार्ने चिनियाँ पानीजहाज अफ्रिकी पानीजहाज भन्दा ठूला र प्राविधिक रुपमा पनि गुणस्तरीय रहेका कारण अफ्रिकी माझीहरु माथिको संकट बढ्दै गएको हो ।

यसबाहेक चिनियाँ माझीले सरकारलाई थोरैमात्र शुल्क तिर्ने, आफूले समातेका माछाको परिमाण घटाएर मात्रै पेश गर्ने र समुद्री क्षेत्रमा अत्यधिक मात्रामा माछा मार्ने गरेको समेत जनाइएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ५ : ३३ बजे

नेपाल-भारत सम्बन्ध : ‘रिसेट’ होइन, ‘रिभिजिट’ को खाँचो छ

अहिले भूराजनीतिको चर्चा गर्दा मुख्यतया ‘इन्डो-सेन्ट्रिक’ (भारत केन्द्रित) र ‘साइनो-सेन्ट्रिक’

काठमाडौँको रानीपोखरीमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

काठमाडौँ – रानीपोखरीमा बुधबार राति एक पुरुष मृत अवस्थामा फेला

आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)

गोरखा – बुढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात