एनएसजेएफ अवार्डलाई नबिलको साथ « Khabarhub

एनएसजेएफ अवार्डलाई नबिलको साथ


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड–२०७८’ को लागि नबिल बैंकले सहप्रायोजन गर्ने भएको छ । 

आज आयोजित एक कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च तथा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले सम्झौता गरेका हुन् ।

सम्झौतापत्रमा नेपाल खेलकुद मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडका प्रमुख मनोहर कँडेलले  हस्ताक्षर गरेका थिए  ।

१८ औं संस्करणको पल्सर स्पोर्ट्स अवार्ड आउँदो ८ चैतमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ । सहप्रायोजक बनेबापत नबिलले अवार्डलाई लगानी व्यवस्थापक पार्टनरको रुपमा आर्थिक सहयोग गर्नेछ ।

सम्झौता कार्यक्रममा नबिलका प्रमुख कँडेलले खेलकुदको प्रतिष्ठित कार्यक्रममा आफ्नो संस्था जोडिन पाएकोमा खुशी व्यक्त गर्दै खेलकुदका लागि सहयोग गर्न आफू पछि नपर्ने बताए ।

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले चर्चित संस्था नबिललाई अवार्डको सहयोगीको रुपमा पाउनु खुशीको क्षण भएको बताए । सुवेदीले सहप्रायोजन गरेकोमा प्रमुख कँडेल प्रति धन्यवाद व्यक्त गरेका थिए ।

स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ ।

मनोनयनमा सन्तोषी श्रेष्ठ एथलेटिक्स, एन्जिला तुम्बापो सुब्बा फुटबल, एलिना महर्जन टेबलटेनिस, र कुशल भुर्तेल (क्रिकेट) र प्रिन्स दाहाल (ब्याडमिन्टन) रहेका छन् ।

अन्य विधाका विजेता कार्यक्रमकै दिन घोषणा हुनेछ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ७ : २६ बजे

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक