पाकिस्तानमा गिल्गिट बाल्टिस्तानलाई प्रान्तीय मान्यता दिने विधेयक असफल « Khabarhub

पाकिस्तानमा गिल्गिट बाल्टिस्तानलाई प्रान्तीय मान्यता दिने विधेयक असफल


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा गिल्गिट बाल्टिस्तानलाई प्रान्तीय मान्यता दिने विधेयक त्यहाँको माथिल्लो सदन सिनेटमा असफल भएको छ । बलोचिस्तान अवामी लिग पार्टीका चार सिनेटरले ल्याएको उक्त प्रस्ताव असफल भएको हो ।

गिल्गिट बाल्टिस्तानको विधानसभाका १२ सदस्य, पाकिस्तान तहरिक ए इन्साफ, मजलिस वहदतुल मुस्लिमिन, पाकिस्तान मुस्लिम लिग नवाज र जमियत उलेमा ए इस्लामले यो विधेयकको विरोध गर्दै यसका विरुद्ध मतदान गर्ने जनाएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

स्थानीय जनतासँग सल्लाह नै नगरी ल्याइएको हुनाले यसको विरोध गरिएको उनीहरुको भनाइ छ । उनीहरुले गिल्गिट बाल्टिस्तानबाट चुनिएका प्रतिनिधिबाहेक अरुबाट आउने यस्तो प्रस्ताव अस्वीकार्य रहेको बताएका छन् ।

त्यसबाहेक गिल्गिट बाल्टिस्तानका विधायकहरुले यो विधेयक फिर्ता नभएसम्म काम मै नफर्किने समेत चेतावनी दिएको डनले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ७ : ४५ बजे

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती

कपिलवस्तु– कपिलवस्तु कारागारमा क्षमताभन्दा ७६ जना बढी कैदीबन्दी भएकाले व्यवस्थापनमा

देउवा पक्षको सभापति उम्मेदवारका लागि ३० हजार शुल्क, महामन्त्री र उपसभापतिका लागि कति ?

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउवा पक्षले

स्पेसएक्सको ‘स्टारशिप’ रकेट पहिलोपटक पृथ्वीको कक्षमा पठाउने तयारी

एजेन्सी– एलन मस्कको एरोस्पेस तथा रक्षा कम्पनी स्पेसएक्सले आफ्नो विशाल

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– प्रतिनिधिसभा आजको आकस्मिक समयमा भाग लिने सांसदहरुले पछिल्लो वर्षासँगैको

प्रचण्ड भन्छन्- विना कारण विशिष्ट व्यक्तिलाई पक्राउ गरिरहे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विना कारण