अन्तर्राष्ट्रिय

उत्तरपूर्वी जापानमा शक्तिशाली भूकम्प

By खबरहब

March 16, 2022

एजेन्सी– जापानमा शक्तिशाली भूकम्प गएको छ ।

जापानको क्योदो समाचार संस्थाले जनाए अनुसार उत्तरपूर्वी जापानको तोहुकु क्षेत्रमा ७ दशमलव ३ म्याग्निच्यूटको भूकम्प गएको हो ।

जापान सरकारले मियागी र फुकुसिमा क्षेत्रमा सुनामीको चेतावनीसमेत जारी गरेको छ ।

भूकम्पका कारण राजधानी टोक्योसहित फुकुसिमा क्षेत्रको सोमा शहरमा विद्युत् आपूर्ति बन्द भएको नगरपरिषद्लाई उद्धृत गर्दै क्योदोले जनाएको छ ।