‘हेल्लो जिन्दगी’ को प्रदर्शन मिति सारियो « Khabarhub

‘हेल्लो जिन्दगी’ को प्रदर्शन मिति सारियो


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चैत ११ गतेबाट प्रदर्शन हुने भनिएको चलचित ‘हेल्लो जिन्दगी’ को रिलिज मिति सारिएको छ ।

सोही मितिमा भारतीय फिल्म ‘आरआरआर’ प्रदर्शनमा आउने भएपछि हेल्लो जिन्दगीको रिलिज मिति सारिएको हो । एसएस राजामौली निर्देशित फिल्म ’आरआरआर’ को नेपालमा पनि प्रतीक्षा भइरहेको छ ।

निर्माण पक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्म एक हप्ता सारिएकाे घोषणा गरेको हो ।

कोरोना भाइरसको महामारी अगाडि नै फिल्म प्रदर्शनमा ल्याउने तयारी गरिए पनि महामारीका कारण फिल्म केही समय होल्डमा रहेको थियो ।

‘मर्डर मिस्ट्री’सँगै बदला र मित्रताको कथा देखाइएको फिल्ममा सेन्ट्रल क्यारेक्टरमा विक्रम जोशी छन् ।

बिक्कीको उपनामले समेत परिचित विक्रमले अभिनयमा ह्याप्पी डेजमार्फत् डेब्यु गरेका थिए ।

त्रिकोणत्मक प्रेम कथा रहेको फिल्ममा विक्रमसँगै दीपिका प्रसाईं र प्रियंका कार्कीको पनि अभिनय छ । नेपाल र बेलायतको रमणीय दृश्यमा छायांकन गरिएको फिल्मलाई एभरेष्ट सूर्य बोहराले निर्देशन गरेका छन् ।

फिल्ममा विल्सन विक्रम राई, विक्रान्त बस्नेत, सविता गुरुङ, ध्रुव दत्तलगायतका कलाकारको अभिनय पनि छ । हिराल जोशी र विक्रम जोशी निर्मातामा रहेको फिल्ममा सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेकी छन् ।

निर्देशक बोहरा र बिक्रम जोशीको कथा रहेको फिल्ममा निर्देशक बोहरा र अभिमन्यु निरवीको पटकथा–सम्वाद छ ।

फिल्ममा राजनराज सिवाकोटी र एलिस कार्कीको संगीत रहेको छ भने प्रमोद खरेल, प्रताप दास, प्रविशा अधिकारी, एड्रिन प्रधानसहितको पाश्र्वगायन छ ।
यसमा पुरुषोत्तम प्रधानको छायाँकन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन र मित्र डि. गुरुङको सम्पादन रहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  १० : ०८ बजे

पाल्पा–१ मा रास्वपाको अग्रता

काठमाडौं – पाल्पा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा जारी

कञ्चनपुर–२ मा रास्वपाको अग्रता

कञ्चनपुर– कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले

रुपन्देही-२ रास्वपाका खरेलको भारी अग्रता एमालेका विष्णु पौडेल दोस्रो

काठमाडौं – रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारी मतले

झापा–५ मा बालेन्द्र शाह अगाडि, तेस्रो स्थानमा श्रम संस्कृति पार्टी

काठमाडौं– झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनामा

रुकुमपूर्वमा मतगणना सुरु

रुकुमपूर्व– हिमाली जिल्ला रुकुमपूर्वको एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना शुक्रबार