प्रेम सार्थक पार्ने अन्नाको कठिन यात्रा | Khabarhub Khabarhub

प्रेम सार्थक पार्ने अन्नाको कठिन यात्रा


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गत महिना युक्रेनको राजधानी किभमा रुसले बमबारी गरी रहेकै समयमा अन्ना होरोडेस्टकका भारत आएकी थिइन्। भारत आउँदा उनको साथमा दुई वटा टि-सर्ट थियो। साथमा हजुर आमाले विवाहका लागि भनेर छुट्टाएको रकमले खरिद गरेको कफी बनाउने मेसिन पनि थियो।

३० वर्षीया आइटी इन्जिनियर उनी दिल्लीको विमानस्थलमा झर्ने बित्तिकै ३३ वर्षीय कानुन व्यवसायी अनुभव भैसनले स्वागत गरेका थिए। दुई एक वर्षदेखि प्रेमलाप चलिरहेकै थियो।

भारत आउँदा उनको साथमा दुई वटा टि-सर्ट थियो। साथमा हजुर आमाले विवाहका लागि भनेर छुट्टाएको रकमले खरिद गरेको कफी बनाउने मेसिन पनि थियो।

ड्रमरहरुले आफ्नो बाजा बजाएको समयमा घुँडा टेकेर अनुभवले अन्नाको औलामा औँठी लगाइ दिएर विवाहको प्रस्ताव गरे। अन्नाले पनि त्यो प्रस्ताव स्वीकार गरिन्।

साताको सुरुवातमा हिन्दु संस्कार अनुसार यी दुई विवाह बन्धनमा बाँधिएका छन्। अनुभवले केही दिनमा नै अदालतमा गएर यो विवाह दर्ता गराउने छन्। अन्नाको भारतका लागि एक वर्षको भिसा छ। यसको उद्देश्य नै अनुभवसँग विवाह हो।

२०१९ को अगस्टमा अन्ना एक्लै भारत आएको समयमा यी दुईको भेट भएको थियो। त्यसपछि यिनीहरूले फोन नम्बर साटासाट गरे। एक अर्कालाई इन्स्टाग्राममा पछ्याए। त्यस पछि धेरै टाढा बसोबास भएका अन्य धेरै प्रेमी प्रेमीका बीचमा जसरी जिन्दगी अगाडि बढ्छ यिनीहरूको पनि यसैगरी अगाडि बढेको थियो।

नमिल्दो भौगोलिक संरचना मात्र यिनीहरूको प्रेममा बाधक बनेको थिएन, कोरोना महामारी, क्वारेनटाइन र लकडाउनका नियम र त्यस पछि रुसले युक्रेनमाथि गरेको हमलाका कारण भेटघाट सहज थिएन। यसका बाबजुद यिनीहरू सम्पर्कमा नै थिए।

साताको सुरुवातमा हिन्दु संस्कार अनुसार यी दुई विवाह बन्धनमा बाँधिएका छन्। अनुभवले केही दिनमा नै अदालतमा गएर यो विवाह दर्ता गराउने छन्।

‘२०१९ को अन्त्यमा हामी धेरै कुरा गर्ने गरेका थियौ’, अनुभवले भने। २०२० को मार्चमा एक जना केटी साथीको साथमा अन्ना फेरि भारत पुगेकी थिइन्। सो समयमा अनुभवले उनीहरूलाई प्रेमको प्रतीक ताज महल र राजस्थानका केही रमणीय क्षेत्रको भ्रमण गराएका थिए।

यसै समयमा भारतमा लकडाउन भएको थियो। यसपछि अनुभवले उनीहरूलाई दिल्लीमा आफ्नै घरमा लगेर राखेका थिए। ‘यस समयमा हामीले एक अर्कालाई मन पराएको आभास भयो। यो एउटा सामान्य फिलिङ भन्दा बढी भएको हामीलाई महसुस भयो। यसपछि उनी युक्रेन गए पनि हामी नियमित भिडियो कलमा कुरा गर्न थाल्यौ,’ अनुभव आफ्नो प्रेमका बारे सुनाउँछन्।

२०२१ को फेब्रुअरीमा उनीहरूको दुबईमा भेट भएको थियो। त्यसै भेटबाट उनीहरूले त्यो प्रेमलाई परिणाममुखी बनाउने बाटोमा सल्लाह गरेका थिए। यो क्रम यसरी अगाडि बढेको थियो की अगस्टमा उनी किभ भ्रमणमा गए। अन्ना पनि डिसेम्बर महिनामा भारत आएकी थिइन्।

‘मेरो भ्रमणको अन्तिम दिन नै अनुभवको आमाले मार्चमा विवाह गर्न भन्नु भएको थियो। हामी विवाहको बारे सोची रहेका थियौ। तर, यत्ति चाँडो भन्ने लागेको थिएन। यसपछि नै हामी विवाहमा बाँधिएका हौं’, अन्ना विगत सम्झिन्छन्।उनी मार्च महिनामा भारत आउने योजनामा थिइन्। मार्चमा भारत आएर केही महिनापछि फर्कने उनको योजना हो।

अन्नाको अनुमान भन्दा युद्ध फरक ढङ्गले अगाडि बढेको छ । सीमा क्षेत्रमा युद्ध भएपछि किभ सुरक्षित हुने अनुमान उनको थियो। तर, सोचे जस्तो भएन। किभको जिन्दगी अझ बढी कठिन हुन थालेपछि उनी आत्तिएकी थिइन्।
‘२५ फेब्रुअरीको दिन बिहान म उठ्दा बमको आवाज थियो। मलाई त यो सपना जस्तो लागि रहेको थियो। तर, त्यसै समयमा अनुभवको परिवारसहित अन्य धेरै जनाबाट हामी बसेको सहरमा आक्रमण भएको सन्देश पाएका थियौं,’ अन्नाले भनिन्।

युद्ध सुरु हुनु भन्दा एक दिन अगाडि अनुभवले अन्नालाई युक्रेन छाड्न भनेका थिए। साथमा रहेका कुकुर प्रतिको प्रेमले उनले अनुभवको कुरा मानेकी थिइनन्। २६ फेब्रुअरीको दिन भने फरक थियो। उनी तत्काल युक्रेन छाड्न चाहन्थिन्। अनुभवले नै उनलाई रोके ।

उनले चिनेको धेरै जना सामान प्याक गर्दै थिए। अन्यत्र कतै जाँदै थिए। उनलाई पनि यसै किसिमको सल्लाह दिइएको थियो। आक्रमण तीव्र भएपछि दोस्रो दिन उनी आमा र कुकुरसँगै सेल्टरमा गएकी थिइन्। ‘त्यहाँ भरिएको थियो। कर्फ्यू लागेको थियो। हामीलाई बङ्कर छाड्ने अनुमति थिएन। मलाई त बाहिर निस्कनु नै थियो। कुकुरलाई डुलाउनु पनि थियो। सहर पुरै धुवा मुस्लाले भरिएको थियो। आकाश पुरै रातो थियो’, उनले भनिन्। युद्ध सुरु हुनु भन्दा एक दिन अगाडि अनुभवले अन्नालाई युक्रेन छाड्न भनेका थिए। साथमा रहेका कुकुर प्रतिको प्रेमले उनले अनुभवको कुरा मानेकी थिइनन्। २६ फेब्रुअरीको दिन भने फरक थियो। उनी तत्काल युक्रेन छाड्न चाहन्थिन्। अनुभवले नै उनलाई रोके ।

‘त्यसपछि अवस्था अझ खराब भएको थियो’, अनुभव भन्छन्, ‘त्यसपछि रेल स्टेसन धेरै टाढा थियो। उनीहरूका लागि ट्याक्सी पाउन पनि सहज थिएन। उनी बाहिर निस्किए अवस्था अझ खराब हुनसक्थ्यो। मैले उनलाई बङ्कर भित्र नै बस्न भनेँ।’ त्यसको एक दिनपछि उनले ट्याक्सी पाइन्। आफ्नै आमा र कुकुर सहित त्यहाँबाट निस्किएकी उनी पश्चिमी सीमामा रहेको हजुर आमाको गाउँ लबीबमा पुगेका थिए।

उनी स्लोभाकीया हुँदै पोल्यान्ड पुगेकी थिइन्। अनुभवलाई भिसा प्रक्रिया सक्न दुई साता लागेको थियो। यो दुई साता उनी पोल्यान्डमा नै बसेकी थिइन्। ‘म विमनामा पनि निदाउन सकेको थिइन । कतै विमान भित्र नै आक्रमण हुने हो कि भन्ने डर लागिरहेको थियो’, अन्नाको ती दिन स्मरण गरिन्।

१७ मार्चमा दिल्ली विमानस्थलमा अवतरण गरेपछि उनको अनुभवसँग भेट भएको थियो। त्यसपछि उनी घरमा गएर मस्त निदाउन चाहन्थिन्। तर, अनुभव त्यहाँ सङ्गीत र बेलुनसहित थिए। हलिउडको रोमान्स फिल्म जस्तै दृश्य अनुभवको घरमा पनि थियो। धेरै जना उनका साथीहरू आएका थिए। धेरैले यसैगरी विवाह मनाएका थिए।

अहिले विवाह बन्धनमा बाँधिएको यो जोडीको पहिलो चासो भने युक्रेनमा रहेको अन्नाको कुकुर नै हो। उनी युद्ध सकिएपछि युक्रेन गएर कुकुर लिएर आउने योजनामा छिन्।

१७ मार्चमा दिल्ली विमानस्थलमा अवतरण गरेपछि उनको अनुभवसँग भेट भएको थियो। त्यसपछि उनी घरमा गएर मस्त निदाउन चाहन्थिन्। तर, अनुभव त्यहाँ सङ्गीत र बेलुनसहित थिए।

कफी मेसिनको कथा भने अलि फरक छ। अन्नाले आफ्नै हजुर आमालाई विवाहको योजना सुनाएपछि हजुरआमाले पनि उपहार किन्न केही रकम दिएकी थिइन्। त्यसै समयमा अन्नालाई अनुभव एस्प्रेसोका पारखी भएको याद आएको थियो। त्योसँगै उनले त्यो कफी मेसिन खरिद गरेकी हुन्।

अनुभवले त त्यो मेसिन छाडेर आउन भनेका थिए । तर, उनले सोचिन् ‘फर्केर कहिले आउने हो लिएर नै जानु ठिक होला।’ अनुभव आफ्नो प्रेम कथामा यो कफी मेसिन नै वास्तविक नायक भएको ठहर गर्छन्।

युद्धका थुप्रै दर्दनाक कथाबाट भारत पनि अछुतो छैन। एक किशोरीको कुकुर प्रेम र उनले युक्रेनबाट भारतसम्म कुकुरसहित गरेको यात्राको वर्णन अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्राथमिकताका साथ प्रकाशित भएका थिए।
यसैगरी एक २२ वर्षीय भारतीय युवाको युक्रेनमा दुःखद निधन भएको थियो। चिकित्सा शास्त्रका ती विद्यार्थी खाद्यान्न किन्नका लागि सेल्टरबाट बाहिर निस्किएको समयमा उनको ज्यान गएको हो।

अहिले युक्रेनका हजारौँ भारतीय भएको जनाइन्छ। भारतले आफ्नै देशका नागरिकलाई देशमा आउन त भनेको छ। तर, यस बीचमा थुप्रै अवरोधको सामना गरेको छ। युक्रेनमा रहेका थुप्रै विदेशीले खाद्यान्न सङ्कट भएको गुनासो गरिरहेका छन्। लाखौँले दैनिक रूपमा देश छाडिरहेका छन्। बस्नेको पीडा उस्तै छ। देश छाड्नेको पीडा पनि कम छैन।
यी पीडाको बीचमा पनि अन्ना र अनुभवको प्रेम कथा र सङ्घर्ष विशेष देखिन्छ। एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ६ : २१ बजे

तनहुँ जलविद्युत् आयोजनाबाट ९७ परिवारलाई क्षतिपूर्ति वितरण

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट

व्यवसायीक तरकारी खेतीबाट मनग्य आम्दानी गोलभेडा खेती

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका जनक साउदले खेतमा धान र गहुँ

हाउथीले इजरायलमा आक्रमण नरोक्ने

इजरायल – यमनमा इजरायली आक्रमण जारी रहनुका बाबजुद हाउथीको राजनीतिक

सिँचाइका लागि खनिएको डिप बोरिङ अलपत्र

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकामा सिँचाइ सुविधाका लागि खनिएको डिप बोरिङ

सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न कामपाको पत्राचार

काठमाडौं– काठमाडौँ महानगरपालिकाले सरकारी स्वामित्वमा रहेका र सामाजिक सङ्घसंस्थाका नाममा