युक्रेनको एन्टीएयरक्राफ्ट र मिसाइल प्लान्टमा रुसी हमला « Khabarhub

युक्रेनको एन्टीएयरक्राफ्ट र मिसाइल प्लान्टमा रुसी हमला


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ- रुसले युक्रेनको राजधानी किभबाहिर एन्टी एयरक्राफ्ट र एन्टी सिप मिसाइल बनाउने एउटा भट्टीमा प्रहार गरेको जनाएको छ।

युक्रेनी हमलामा रुसको युद्धपोत पानी जहाज मोस्कभा विष्फोटपछि डुबेको विवरण सार्वजनिक भइरहेका बेला रुसको भनाई सार्वजनिक भएको हो। हमलामा प्लान्टमा क्षति पुगेको बताइएको छ।

रुसी युद्धपोतमा आफ्ना सेनाले मिसाइलहरू प्रहार गरेको युक्रेनले दाबी गरेको छ। मिसाइल हमलापछि युद्धपोतमा आगो लागेको थियो।

युद्धपोतमा हमला भएपछि रुसले त्यसको बदला लिने जनाएको छ। कीभमा आक्रमणलाई तीब्र पारिने रुसी रक्षा मन्त्रालयले चेतवानी दिएको छ।

राष्ट्रसंघले द्वन्द्वका क्रममा ५० लाखभन्दा बढी युक्रेनीहरू आफ्नो घर छोड्न बाध्य भएको जनाएको छ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ६ : ३९ बजे

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी