मुटुको चालमा गडबढी देखिएपछि सत्यमोहन जोशी अस्पताल भर्ना « Khabarhub

मुटुको चालमा गडबढी देखिएपछि सत्यमोहन जोशी अस्पताल भर्ना


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं – बुधबार छातिमा असजिलो महसुस भएपछि किष्ट अस्पतालको इमर्जेन्सीमा भर्ना भएका संस्कृतिविद सत्यमोहन जोशीको मुटुको चालमा गढबढी देखिएको छ ।

किष्ट अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यका अनुसार जोशीलाई अहिले अस्पतालको डिलक्स सुइटमा भर्ना गरेर उपचार सुरु गरिएको छ ।

१०३ वर्ष पुगेका जोशीको पिसाबमा संक्रमण र मुटुको चालमा गडबढी भएको निर्देशक बज्राचार्यले बताए । स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको उनको भनाइ छ ।

जोशीले यसअघि २०७८ फागुनमा एक हप्ता किष्ट अस्पतालमै उपचार गराएका थिए । पछिल्लो तीन वर्षदेखि शताब्दी पुरुष जोशी किष्ट अस्पतालमा उपचार गराउँदै आएका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ९ : १७ बजे

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,

वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने

काठमाडौं – सिंहदरबार वैद्यखाना विकास समितिबाट उत्पादन हुने आयुर्वेदिक औषधिको उत्पादन

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर

सरकारले निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक 

काठमाडौं– सरकारले निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न खुला

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,