भारतीय नागरिक चाँदीको गहनासहित पक्राउ « Khabarhub

भारतीय नागरिक चाँदीको गहनासहित पक्राउ


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट – बारा जिल्लास्थित सशस्त्र प्रहरीको गस्ती टोलीले चाँदीका विभिन्न गहना र मोटरसाइकलसहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट बेनौलीबाट सई लिनबहादुर ठाडाको कमान्डमा गएको टोलीले स्थानीय पचरौता नगरपालिका-६ पकडियामा भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेको भारतीय नागरिकलाई चेकजाँचको क्रममा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला झाँझरा पंचायत ३ बडहर्वाका २८ वर्षीय शैलेस साह रहेको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख तथा छिनमस्ता बाहिनीका डिआइजी गणेश ठाडा मगरले बताएका छन् ।

भारतीय नागरिक साहको साथबाट एक किलो दुई सय ग्राम चाँदीका विभिन्न प्रकारको तयारी गहना बरामद भएको छ । उनलाई आवश्यक कारबाहीको लागि साहलाई जिल्ला प्रहरी कार्यालय कलैया बाराको जिम्मा लगाइएको डिआइजी मगरले जानकारी दिएका छन्।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १० : ३७ बजे

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख