आईपीएलमा आज मुम्बई र लखनउ तथा दिल्ली र बैंगलोर भिड्ने « Khabarhub

आईपीएलमा आज मुम्बई र लखनउ तथा दिल्ली र बैंगलोर भिड्ने


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ  – इण्डियन प्रिमियर लिग (आईपिएल)मा आज दुई खेल हुँदैछन् ।

भारतको मुम्बईस्थित ब्रेबोर्न रंगशालामा हुने पहिलो खेलमा मुम्बई इण्डियन्स र लखनउ सुपर जायन्ट्स आमने सामने हुने भएका छन् । यो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

आजको खेलमा तालिकाको पुछारमा भएको अंकविहीन मुम्बई पहिलो जितको खोजीमा मैदान उत्रिँदै छ । ५ खेलमा ३ खेल जितेको लखनउ भने आज चौथो जितको खोजीमा हुनेछ ।

आजको दोस्रो खेलमा  राति पौनै ८ बजे मुम्बईको वानखेडे स्टेडियममा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्नेछन् । तालिकाको आठौँ स्थानमा रहेको दिल्ली आज जितेर आफ्नो स्थान सुधार गर्ने योजनामा छ भने छैटौँ स्थानमा रहेको बैंगलोर चौथो जितको खोजीमा छ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १२ : ३१ बजे

क्षेत्रीय सुरक्षा सहकार्य सुदृढ गर्न श्रीलङ्काको जोड

काठमाडौं – श्रीलङ्काले बङ्गालको खाडी क्षेत्रमा आतङ्कवाद, लागूऔषध तस्करी, मानव

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको