आईपीएलमा आज मुम्बई र लखनउ तथा दिल्ली र बैंगलोर भिड्ने « Khabarhub

आईपीएलमा आज मुम्बई र लखनउ तथा दिल्ली र बैंगलोर भिड्ने


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ  – इण्डियन प्रिमियर लिग (आईपिएल)मा आज दुई खेल हुँदैछन् ।

भारतको मुम्बईस्थित ब्रेबोर्न रंगशालामा हुने पहिलो खेलमा मुम्बई इण्डियन्स र लखनउ सुपर जायन्ट्स आमने सामने हुने भएका छन् । यो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

आजको खेलमा तालिकाको पुछारमा भएको अंकविहीन मुम्बई पहिलो जितको खोजीमा मैदान उत्रिँदै छ । ५ खेलमा ३ खेल जितेको लखनउ भने आज चौथो जितको खोजीमा हुनेछ ।

आजको दोस्रो खेलमा  राति पौनै ८ बजे मुम्बईको वानखेडे स्टेडियममा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्नेछन् । तालिकाको आठौँ स्थानमा रहेको दिल्ली आज जितेर आफ्नो स्थान सुधार गर्ने योजनामा छ भने छैटौँ स्थानमा रहेको बैंगलोर चौथो जितको खोजीमा छ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १२ : ३१ बजे

कर्फ्युपछि सुनसान जनकपुरधाम, सडकमा प्रहरी र सशस्त्र परिचालित (तस्बिरहरू)

धनुषा– सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेश प्रदेशका अन्य

सरकारलाई अमृत गुरुङको सुझाव : तराई-मधेशको अवस्थालाई हल्का नलिनू

काठमाडौं– चर्चित गायक अमृत गुरुङले तराई–मधेशमा विकसित भइरहेको अवस्थालाई हल्का

अझै सुरु हुन सकेन प्रधानमन्त्री शाहले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधन अझै

वार्षिक समीक्षामा मन्त्रीले भनिन्- सेवा प्रवाह प्रभावकारी बनाउनू

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा