गीतमा सौगात र दीयाको हिमाली प्रेम (भिडियो) | Khabarhub Khabarhub

गीतमा सौगात र दीयाको हिमाली प्रेम (भिडियो)


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘मन्त्र’ मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ ।

सार्वजनिक ‘तिम्रै हुँ भन्छ यो मनले’ बोलको गीतमा सौगात मल्ल र दीया पुनको प्रेम देखाइएको छ ।

हिमाली भेगमा बसोबास गर्ने यी दुईको प्रेम कथा रहेको फिल्मको गीतमा हिमाली सुन्दरता पनि प्रस्तुत छ । सार्वजनिक गीतमा अल्मोडा राना उप्रेती र अप्सरा घिमिरेको स्वर रहेको छ।

यसमा सन्तोष सुनारको शब्द तथा संगीत रहेको छ । वैशाख १६ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण गरिएको छ ।

खिलबहादुर गुरुङ निर्देशित फिल्ममा ५१ सय मिटरको उचाइबाट देखिने हिमाली सुन्दरतालाई दर्शकले देख्न पाउने छन् । गोर्खाको चुमनुब्री सामागाउँ, वीरेन्द्र ताल र पुङ्गिन गुम्बालगायतका रमणीय दृश्य कैद गरिएको छ। यसमा नमिता घिसिङ्ग, वीरबहादुर लामा, पासाङ्ग टि शेर्पाको पनि अभिनय रहेको छ ।

देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’ मा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ ।

साम्तेन भुटिया, सुनिल नेउरे, परिच्छेद सेनले लेखेको फिल्ममा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन,सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ । फिल्मलाई मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ५ : १४ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको