प्रचारप्रसारमा व्यानर हेर्छिन् प्रियंका ? « Khabarhub

प्रचारप्रसारमा व्यानर हेर्छिन् प्रियंका ?


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री प्रियंका कार्की कुनै समय निर्माता र निर्देशकको रोजाइमा पर्ने नायिकाहरूमा अगाडि आउने नाम थिइन् ।

उनले गर्ने अभिनयसँगै फिल्ममा लिँदा सहज हुने भएकाले निर्माता तथा निर्देशकले कास्ट गर्थे । उनले फिल्मलाई दिने समय र प्रचारप्रसारमा दिने समयले मिडियामा समेत चर्चा पाउथ्यो ।

यद्यपि अहिले अवस्था फेरिएको छ । केही समयअघि मात्र रिलिज भएको फिल्म ‘हेल्लो जिन्दगी’ मा उनी थिइन् ।

प्रियंका फिल्ममा रहेको जानकारी निर्माण पक्षले दिएता पनि उनले दिइनन् । उनीसँगै दीपिका प्रसाईंले पनि प्रमोशनमा साथ् दिइनन् ।

प्रियका हालै आमा बनेकाले पनि समय दिन नसकेको चर्चा पनि भयो ।

यद्यपि त्यसपछि एक म्युजिक भिडियोका लागि प्रियंका अगाडि आइन । फिल्मको बारेमा नबोलेकी प्रियंका म्युजिक भिडियोको प्रचारमा अगाडि आएपछि ‘हेल्लो जिन्दगी’ निर्देशक एभरेष्ट सूर्य बोहोराले दुखेसोसमेत पोखेका थिए ।

फिल्मको प्रचारमा दिनरात नभनी लाग्ने प्रियंकालाई अहिले व्यानरअनुसार व्यवहार गर्ने आरोप लाग्ने गरेको छ । ‘हेल्लो जिन्दगी’ मा नदेखिएकी प्रियंका ‘लक्का जवान’ को प्रचारमा जोडिएकी छन् ।

कलाकार आफ्नो फिल्मको प्रचारप्रसारमा जोडिनु राम्रो हो । तर, आफ्नै फिल्मलाई वास्ता नगर्ने शैली भने राम्रो नभएको निर्माण पक्षको भनाइ छ । कुनै समय जुन गुणका कारण प्रियंका निर्माता तथा निर्देशकको ‘फेभरेट’ बन्ने गरेकी थिइन् । अहिले त्यही कारण निर्मातासँग उनको दूरी पनि बढेको चर्चा फिल्मनगरीमा चल्ने गरेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ५ : ३६ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती