प्रचारप्रसारमा व्यानर हेर्छिन् प्रियंका ? | Khabarhub Khabarhub

प्रचारप्रसारमा व्यानर हेर्छिन् प्रियंका ?


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री प्रियंका कार्की कुनै समय निर्माता र निर्देशकको रोजाइमा पर्ने नायिकाहरूमा अगाडि आउने नाम थिइन् ।

उनले गर्ने अभिनयसँगै फिल्ममा लिँदा सहज हुने भएकाले निर्माता तथा निर्देशकले कास्ट गर्थे । उनले फिल्मलाई दिने समय र प्रचारप्रसारमा दिने समयले मिडियामा समेत चर्चा पाउथ्यो ।

यद्यपि अहिले अवस्था फेरिएको छ । केही समयअघि मात्र रिलिज भएको फिल्म ‘हेल्लो जिन्दगी’ मा उनी थिइन् ।

प्रियंका फिल्ममा रहेको जानकारी निर्माण पक्षले दिएता पनि उनले दिइनन् । उनीसँगै दीपिका प्रसाईंले पनि प्रमोशनमा साथ् दिइनन् ।

प्रियका हालै आमा बनेकाले पनि समय दिन नसकेको चर्चा पनि भयो ।

यद्यपि त्यसपछि एक म्युजिक भिडियोका लागि प्रियंका अगाडि आइन । फिल्मको बारेमा नबोलेकी प्रियंका म्युजिक भिडियोको प्रचारमा अगाडि आएपछि ‘हेल्लो जिन्दगी’ निर्देशक एभरेष्ट सूर्य बोहोराले दुखेसोसमेत पोखेका थिए ।

फिल्मको प्रचारमा दिनरात नभनी लाग्ने प्रियंकालाई अहिले व्यानरअनुसार व्यवहार गर्ने आरोप लाग्ने गरेको छ । ‘हेल्लो जिन्दगी’ मा नदेखिएकी प्रियंका ‘लक्का जवान’ को प्रचारमा जोडिएकी छन् ।

कलाकार आफ्नो फिल्मको प्रचारप्रसारमा जोडिनु राम्रो हो । तर, आफ्नै फिल्मलाई वास्ता नगर्ने शैली भने राम्रो नभएको निर्माण पक्षको भनाइ छ । कुनै समय जुन गुणका कारण प्रियंका निर्माता तथा निर्देशकको ‘फेभरेट’ बन्ने गरेकी थिइन् । अहिले त्यही कारण निर्मातासँग उनको दूरी पनि बढेको चर्चा फिल्मनगरीमा चल्ने गरेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ५ : ३६ बजे

एमाले कुनै मोर्चाको पक्षमा छैन : ईश्वर पोखरेल

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

लोकसभाको सातौं चरणको निर्वाचनमा ५८.३४ प्रतिशत मतदान

नयाँदिल्ली – लोकसभा चुनावको सातौं र अन्तिम चरणको मतदान जुन

म्याग्दीलाई गण्डकी प्रदेशस्तरीय तारो खेलको उपाधि

म्याग्दी – गण्डकी प्रदेशस्तरीय परम्परागत तारा खेलमा म्याग्दी ‘ए’ ले

किमाथाङ्का नाका खुलेपछि स्थानीयको दैनिकी सहज बन्दै

सङ्खुवासभा –चीनसँग जोडिएको सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका सञ्चालनमा आएपछि

सुनसरीबाट हुन्डीको एक करोड रूपैयाँ बरामद

काठमाडौं – सुनसरीबाट प्रहरीले हुन्डी कारोबारमा प्रयोग गरिएको एक करोड