नेपाली फिल्म माथि हल सञ्चालकको ज्यादती « Khabarhub

नेपाली फिल्म माथि हल सञ्चालकको ज्यादती


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विदेशी फिल्महरुसँग भिड्दै प्रदर्शनमा आएको फिल्म  ‘ए मेरो हजुर ४’ लाई लिएर हल सञ्चालाकहरुले ज्यादती बढाइरहेका छन्।

नेपालमा सेन्सरनै नभएको विदेशी फिल्मको बुकिङ्गको सट्टा टिकेट नै बिक्री गरेर तर्साउन खोजेका हल सञ्चालकहरुले फिल्मलाई उतारेका छन् । शोज प्राप्त अधिकांश हल हाउसफूलका साथ चलेका छन् । शनिबार पनि बिहीबार र शुक्रबारकै निरन्तरता हलमा देखिएको छ ।

तर फिल्मप्रति दर्शकको क्रेज निरन्तर रहँदा केही हलहरुले नेपाली फिल्मको शो हटाएर विदेशी फिल्मलाई प्राथमिकता दिएपछि फिल्मकर्मीहरु आक्रोशित बनेका छन् । नेपाल चलचित्र संघका महासचिव समेत रहेका निर्माता कलाकार अशोक शर्माले हल सञ्चालकहरु यसरी नै चल्ने हो भने ‘अब आउन सक्ने आँधीबेरी’को सामना गर्न तयार हुन चेतावनी दिएका छन् । अशोक आफैँ वितरक तथा प्रदर्शकहरुको छाता संगठन नेपाल चलचित्र संघका महासचिव हुन् । यद्दपि उनले सामाजिक सञ्जालमा मात्र स्टाटस लेखेका छन् ।

‘ए मेरो हजुर ४’ को शोज हटाएर विदेशी फिल्म हाल्नु नेपाली फिल्मलाई हेप्ने प्रवृत्ति देखिएको निर्माता रोहित अधिकारीले भने । अधिकारीले हलहरुले नेपाली फिल्मलाई हेपेको प्रति प्रश्न उठाउँदै चलचित्र विकास वोर्डबाट उचित न्यायको माग समेत गरेका छन् । शर्मा र अधिकारीको अभिव्यक्तिमा धेरै फिल्मकर्मीले सहमति जनाएका छन् । फिल्म ‘ए मेरो हजुर ४’ का मोफसल वितरक केदार पराजुलीले अघिल्लो दिन एक लाख ४२ हजारको ग्रस कलेक्सन हुँदा पनि फिल्म उतारेकोमा दुख व्यक्त गरे ।’फिल्मको विषयमा कुरा गर्दा फोन उठ्दैन । मोबाइल अफ हुन्छ । चल्दा चल्दैको फिल्म उतारेका छन्’ वितरक पराजुलीले भने । उनले निर्माता सुनिलकुमार थापासँग सल्लाह गरेर अब त्यहाँ फिल्म दिने वा नदिने भन्ने विषयमा निर्णय लिने बताए ।

‘राम्रैसँग चलिरहेको फिल्मलाई शो नै नदिनु त उचित होइन नि । त्यो पनि चलाए भनेर ढाटेर फिल्म नलाग्नु गलत हो । हाम्रो फिल्मको कलेक्सन नराम्रो त होइन न’ वितरक पराजुलीले भने । सामाजिक सञ्जाल मार्फत अधिकांस निर्माताहरुले यस किसिमको प्रवृत्तिको विरोध गरेका छन् । झरना थापाको निर्देशनमा अनमोल केसी र सुहाना थापा स्टारर फिल्मले प्रदर्शनको पहिलो दिन हाउसफूल बिजनेसका साथ ८० लाख ८ ग्रस कलेक्सन गरेको वितरण कम्पनीको दाबी छ ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ६ : २० बजे

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका