गत वर्ष बारुदी धरापमा परी अफगानिस्तानमा १ हजारभन्दा धेरै मारिएको खुलासा « Khabarhub

गत वर्ष बारुदी धरापमा परी अफगानिस्तानमा १ हजारभन्दा धेरै मारिएको खुलासा


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत वर्ष अफगानिस्तानमा बारुदी धरापका कारण १ हजार १६ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । 

अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन निकायका अनुसार हरेक महिना बारुदी धरापमा परी अफगानिस्तानमा औसतमा १२० जनाको मृत्यु हुने गरेको छ ।

गत सात महिनामा २० प्रान्तमा २० वर्गकिलोमिटर क्षेत्रफललाई बारुदी धरापमुक्त बनाइएको छ ।

त्यस्तै, पछिल्ला ३० वर्षमा १२ लाख ६० हजार ५ सय ५० बारुदी धराप तथा १ करोड ८३ लाख ५१ हजार ४ सय २२ विष्फोटक पदार्थ निष्कृय पारिएको पाकिस्तानबाट प्रकाशित हुने फ्रन्टियर पोष्टले जनाएको छ ।

पछिल्ला तीन दशकमा १ हजार भन्दा धेरै धराप निष्कृय गर्ने अभियानमा खटिएका कामदारको मृत्यु भएको जनाइएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ७ : १५ बजे

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण