चुनाव सारिए मुलुकमा दुर्घटना निम्तिन सक्छः प्रमुख निर्वाचन आयुक्त थपलिया « Khabarhub

चुनाव सारिए मुलुकमा दुर्घटना निम्तिन सक्छः प्रमुख निर्वाचन आयुक्त थपलिया


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले वैशाख ३० गते चुनाव हुन नसके मुलुक दुर्घटना फस्न सक्ने प्रतिक्रिया दिएका छन् ।

जनकपुरधाममा शनिबार भएको मिडिया अभिमुखीकरण कार्यक्रममा प्रमुख आयुक्त थपलियाले निर्वाचनलाई कुनै तरिकाले सारिए दुर्घटना निम्तिन सक्ने बताएका हुन् ।

उनले स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुन नसके यो लोकतन्त्रकै लागि अप्रिय हुन सक्ने पनि बताए ।

प्रमुख आयुक्त थपलियाले चुनावको मिति तय भइसकेकाले कुनै किसिमको संशय हुने गरी तर्क वितर्क नगर्न पनि सबैसँग अपिल गरे ।

उनले आसन्न निर्वाचनमा सक्रिय सहभागिता जनाउन पनि सबैसँग आग्रह गरेका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ८ : २२ बजे

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा