चुनाव सारिए मुलुकमा दुर्घटना निम्तिन सक्छः प्रमुख निर्वाचन आयुक्त थपलिया « Khabarhub

चुनाव सारिए मुलुकमा दुर्घटना निम्तिन सक्छः प्रमुख निर्वाचन आयुक्त थपलिया


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले वैशाख ३० गते चुनाव हुन नसके मुलुक दुर्घटना फस्न सक्ने प्रतिक्रिया दिएका छन् ।

जनकपुरधाममा शनिबार भएको मिडिया अभिमुखीकरण कार्यक्रममा प्रमुख आयुक्त थपलियाले निर्वाचनलाई कुनै तरिकाले सारिए दुर्घटना निम्तिन सक्ने बताएका हुन् ।

उनले स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुन नसके यो लोकतन्त्रकै लागि अप्रिय हुन सक्ने पनि बताए ।

प्रमुख आयुक्त थपलियाले चुनावको मिति तय भइसकेकाले कुनै किसिमको संशय हुने गरी तर्क वितर्क नगर्न पनि सबैसँग अपिल गरे ।

उनले आसन्न निर्वाचनमा सक्रिय सहभागिता जनाउन पनि सबैसँग आग्रह गरेका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ८ : २२ बजे

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण