नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्छः हिन्दू अभियानी « Khabarhub

नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्छः हिन्दू अभियानी


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिन्दू अभियानीहरूले नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग गरेका छन् ।

शनिबार सप्तरीको राजविराजमा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले गरेको प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रममा उनीहरूले यस्तो माग गरेका हुन् ।

कार्यक्रममा अभियानका केन्द्रीय सदस्य तथा पूर्वअतिरिक्त महानिरीक्षक कल्याण तिम्सिनाले हिन्दू सनातन धर्म सबैभन्दा पुरानो धर्म रहेको बताए ।

उनले केही नेताहरूले विधर्मीसँग मिलेर नेपाली समाजलाई थाहासमेत नदिई देशलाई रातारात धर्मनिरपेक्ष घोषित गरेकोप्रति असन्तुष्टि जनाए ।

तिम्सिनाले आफ्नो संस्कारमाथि कुनै प्रकारको हस्तक्षेप भएमा बहिष्कार गर्नुपर्ने भन्दै सबैलाई यस अभियानमा लाग्न आह्वानसमेत गरे ।

त्यस्तै, कथावाचक कान्तिमणि त्रिपाठीले सानो सानो गैरसरकारी संस्थाहरूमार्फत् हिन्दूहरूलाई पथभ्रष्ट बनाई विश्वासघात भइरहेको भन्दै राष्ट्रलाई जागृत गराउनुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा अभियानका सप्तरी संयोजक रमाकान्त यादव, विश्व हिन्दू परिषद् सप्तरीका अध्यक्ष रामकिसुन साहलगायतले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग गरेका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ९ : ३१ बजे

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको