भरतपुरमा फेरि रेणु दाहाल अगाडि : तीन मतले पछि परे विजय « Khabarhub

भरतपुरमा फेरि रेणु दाहाल अगाडि : तीन मतले पछि परे विजय


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी पछाडि परेका छन्।

संयुक्त गठबन्धनकी उम्मेदवार रेणु दाहाल तीन मतले अगाडि बढेकी हुन्। भरतपुरमा एमाले र गठबन्धनको कडा प्रतिस्पर्धा छ। सोमबार बिहान ६ बजेसम्म विजय अगाडि थिए।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु तीन हजार ५७८ मत पाउँदा एमालेका सुवेदीले तीन हजार ५७५ मत ल्याएका छन्। पछिल्लो विवरण अनुसार रेणु र सुवेदीमा जम्मा ३ मतमा अन्तर देखिएको छ।

त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ सय ६० मत ल्याएका छन्। सुरुमा धेरै मत अन्तरले अगाडिदेखिएकी रेणुलाई विजयले कडा टक्कर दिएका हुन्।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ४ हजार ४३ मत पाउँदा राप्रपाकी हिमला गुरुङले २८१६ मत पाएकी छन्।

भरतपुर महानगरपालिकामा अहिलेसम्म दुई वडाको परिणाम सार्वजनिक भएको छ। दुवैमा कांग्रेस उमेदवार विजयी भएका छन्। वडा नम्बर ३ मासमेत कांग्रेसकै अग्रता छ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ८ : १० बजे

हंसपुरका मेयर प्रदीपकुमार यादवको निधन

काठमाडौँ- धनुसाको हंसपुर नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवको निधन भएको छ

‘राति नसुतेर पनि काम र २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गरौँ’

काठमाडौँ- नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश विकासका लागि राति

सरकारले बीमा बन्द हुन दिनु हुँदैन : प्रदीप पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ ५ का प्रतिनिधिसभा सदस्य

मालपोत प्रमुखलाई एक महिना कैद र पाँच हजार जरिवाना

काठमाडौं- उच्च अदालत जनकपुरले भूमि सुधार तथा मालपोत कार्यालय धनुषाका

परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवार जिताउनु गल्ती हुन सक्छ : रेखा थापा

काठमाडौं – अभिनेत्री रेखा थापाले परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवारलाई जिताउनु