रवीन्द्र मिश्रको पार्टी निर्वाचन परिणामले 'अत्यन्तै दुःखी' | Khabarhub Khabarhub

रवीन्द्र मिश्रको पार्टी निर्वाचन परिणामले ‘अत्यन्तै दुःखी’


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले स्थानीय तह निर्वाचनको नतिजा अपेक्षाकृत नआएको जनाएको छ। निर्वाचनको नजिताले पार्टीलाई अत्यन्तै दुःखी पनि बनाएको पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

‘स्थानीय निर्वाचन– २०७९ को परिणाम आउने क्रम जारी छ। विवेकशील साझा पार्टीको नतिजा अपेक्षाकृत आउन नसकेकोमा हामी अत्यन्तै दुःखी छौँ’, पार्टी प्रवक्ता शरदराज पाठकले भनेका छन्।

मिश्र नेतृत्वको पार्टीले २०७४ मा स्थानीय, प्रदेश, सङ्‍घीयसँगै पछि उप र पुनः निर्वाचन हुँदा पनि प्रतिस्पर्धा गरेको थियो। तीन तहको निर्वाचनबाट देशभरी पार्टीको परिचय स्थापना गर्न सफल भएको पनि प्रवक्ता पाठकले बताएका छन्।

तर, निरन्तर समय दिन सक्ने जनशक्ति र आर्थिक स्रोतको अभावमा देशव्यापी संगठन बनाउन नसक्दा स्थानीय तह निर्वाचनमा अपेक्षाकृत परिणाम नआएको पाठकको भनाइ छ।

नजिता पार्टीको पक्षमा नआउनुलाई पार्टीमा आएको टुटफुट र वैचारिक ध्रुवीकरणले ल्याएको उथलपुथल पनि भएको निष्कर्ष उक्त पार्टीको छ। पार्टीले मतदातासँग क्षमा पनि मागेको छ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ९ : ५२ बजे

आइएसएसआर नीति बहस : बजेट आकारदेखि युवा पलायनसम्मका समस्या मन्थन

काठमाडौं – इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसिओ–इकोनोमिक रिसर्च (आइएसएसआर) र

औषधिको अवैध कारोबार गरेको आरोपमा मेडिकल सञ्चालक पक्राउ

लुम्बिनी – बुटवलमा मेडिकल पसल राखेर चिकित्सकको सिफारिसबिना अवैधरूपमा औषधिको

गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना

गण्डकी – कास्कीमा आव २०७७/७८ मा ६४ सडक दुर्घटना भए

दुई क्विन्टल गाँजासहित एक जना पक्राउ

विराटनगर – मोरङ प्रहरीले दुई क्विन्टल गाँजासहित एक जनालाई पक्राउ

निर्माणाधीन धरान बसपार्कको काम अन्तिम चरणमा

धरान – धरान उपमहानगरपालिका–८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्कको