चुनाव सकेर यार्सा टिप्न लेक उक्लिए मनाङी « Khabarhub

चुनाव सकेर यार्सा टिप्न लेक उक्लिए मनाङी


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – मनाङमा स्थानीय तहको निर्वाचनको मतदान र मतगणना कार्य सकिएको छ । यहाँको चार स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेका छन् । मनाङमा ३१ वैशाखमै चार वटै स्थानीय य तहको मत परिणाम आइसकेको छ । तर, मनाङवासीलाई भने स्थानीय तहको निर्वाचनसँगै औषधिजन्य जडिबुडी यार्सागुम्बा संकलनको चटारो परेको छ । उनीहरु मतदान सकिएपछि यार्सागुम्बा टिप्न मनाङका लेकमा पुगेका छन् । स्थानीय तह निर्वाचनमा मतदान गर्न आफ्नो क्षेत्रमा पुगेका मनाङवासी मतदान कार्य सकेर खर्क पुगिसकेका हुन् ।

निर्वाचनमा सहभागी भएर मनाङवासीहरु यार्सागुम्बा सङ्कलन गर्न मनाङवासी खर्कतर्फ लागेको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए । उनका अनुसार यार्सागुम्बा संकलनमा निस्किएका मनाङवासीको सुरक्षाका लागि खर्कतर्फ पनि सुरक्षाको व्यवस्था गरिएको छ । संकलनका लागि नारफु, नाम्के खर्क, खाङ्सार खर्क अहिले पुगिसकेका हुन् ।

स्थानीय तह निर्वाचनमा सहभागी गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय मनाङले गत २५ देखि ३० वैशाखसम्म यार्सागुम्बा संकलनकार्य बन्द गराएको थियो । यार्सागुम्बा संकलन बन्द गरिएपछि जिल्लावासी आ–आफ्ना घरमा फर्किएका थिए । निर्वाचनमा सहभागी भएर पुनः यार्सागुम्बा संकलनका लागि खर्क उक्लिएको स्थानीय बताउँछन् ।

यार्सागुम्बा संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको गत २३  चैतमा बसेको बैठकले स्वीकृति पाएपछि समितिमार्फत पूर्जी दिने निर्णय भएको थियो । बैठकको निर्णय बमोजिम नै यार्सागुम्बा संकलन गर्न पाउने भएपछि मनाङवासीलाई चटारो परेको हो । यार्सागुम्बा संकलन गर्न पुर्जी काटिसकेका स्थानीय तथा बाह्य जिल्लाबाट आउने संकलनकर्तालाई सहज रुपमा खर्कतर्फ जान दिइएको आचार्यले बताए ।

यार्सागुम्बा संकलन कार्य नाम्के खर्कबाट सुरु भई नार, फु र माथिल्लो मनाङको खाङ्सार खर्कमा सकिने एक्यापका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उनका अनुसार असारको पहिलो हप्तासम्म यार्सागुम्बा संकलन गर्न सकिने समय हो । १५ वैशाखदेखि असारको पहिलो सातासम्म औषधिजन्य जडीबुटी संकलन गरी मनाङवासी बेंशीतर्फ फर्किनेछन् ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १० : २९ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको