विजय उत्सवका लागि मान्छे लिन गएको हाइस दुर्घटना हुँदा तीनजनाको मृत्यु | Khabarhub Khabarhub

विजय उत्सवका लागि मान्छे लिन गएको हाइस दुर्घटना हुँदा तीनजनाको मृत्यु


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – दार्चुलामा हाइस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । बिहान साढे ९ बजे महाकाली राजमार्गमा पर्ने शैल्यशिखर नगरपालिका-६ को ग्वानी भन्ने ठाउँमा से१ज २७७ नम्बरको हाइस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको हो ।

गोकुलेश्वरतर्फ विजय जुलुसमा सहभागी गराउन मान्छे लिन जानेक्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।

मृत्यु हुनेमा चालकसमेत रहेका शैल्यशिखर नगरपालिका-६ का प्रकाश धामी, सहचालक नवीन सिंह धामीको परिचय खुलेको र अर्का एक मृतकको परिचय खुल्न नसकेको उनले बताए ।

‘जुलुसमा सहभागी गराउन मान्छे ओसार्न गइरहेको भन्ने बुझिएको छ,’ थापाले भने, ‘कुन पार्टी हो खुलेको छैन, हाइसमा सवार तीनजना मात्रै थिए,’ उनले भने । हाइस सडकबाट करिब पाँच सय मिटर तल खसेको छ । प्रहरी टोली घटनास्थलमा रहेको प्रहरी निरीक्षक थापाले बताए ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ११ : २७ बजे

प्रिओपन सेसन : ११ अंकले बढ्यो नेप्से

काठमाडौं– आज प्रिओपन सेसनमा नेप्से परिसूचक ११ अंकभन्दा बढीले बढ्यो

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

भातै पोखिएपछि माडको के माया ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर