उत्तर कोरियामा १० लाख कोरोना संक्रमित « Khabarhub

उत्तर कोरियामा १० लाख कोरोना संक्रमित


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तर कोरियामा कोभिड १९ संक्रमण तीब्र बढेको छ । कोभिड बढेसँगै उत्तर कोरियाली नेता किम जोङ उनले औषधि वितरण गर्न सेनालाई निर्देशन दिएका छन् ।

एक साताअघि फैलिएको कोभिड १९ का कारण अहिलेसम्म ५० जनाको मृत्यु भइसकेको छ । महामारी रोकथाम नियन्त्रण गर्न भन्दै सरकारले देशव्यापी लकडाउन घोषणा गरेको छ ।

उत्तर कोरियाले भन्दै आएको ‘ज्वरो’ बाट १० लाखभन्दा बढी मानिस बिरामी परेका छन् ।

संक्रमण नियन्त्रण गर्न कमजोर कदम चालेको भन्दै उत्तर कोरियाली नेता किम जोङ उनले स्वास्थ्य अधिकारीहरूको आलोचना गरेका छन् ।

उत्तर कोरियामा पर्याप्त परीक्षण सामग्रीको अभाव रहेकाले पनि कोभिड १९ परीक्षण प्रभावित भएको बीबीसीले जनाएको छ ।

सर्वोच्च नेता किमले प्योङयाङका सडकमा उत्तर कोरियाली सेनाको चिकित्सा दलको ‘शक्तिशाली बल’ परिचालन गर्ने बताएको जनाइएको छ ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ११ : ५० बजे

चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियता : सुरक्षित यात्राका लागि सचेतना

काठमाडौं– दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले

सरकारले निजी क्षेत्रलाई पत्र लेखेरै भन्यो- ‘कामदारलाई एक महिनाको पारिश्रमिक बराबर चाडपर्व खर्च दिनू’

काठमाडौं– सरकारले निजी क्षेत्रका छाता संगठनहरूलाई पत्र लेखेरै श्रमिकलाई चाडपर्वमा

जेलेन्स्कीलाई जानकारी नदिई ट्रम्पले घोषणा गरे रुस र युक्रेनबिच ‘तत्काल लागू हुने गरी’ ऊर्जा युद्धविराम

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुस र युक्रेनबिच तत्काल लागू

हराउन थाले दसैँका परम्परागत पिङ

डडेल्धुरा– नेपालीहरूको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची

धेरै दूध बिक्री गर्ने १५ जना किसान पुरस्कृत

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना किसान पुरस्कृत भएका