सर्लाही स्थित धनकौलको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी  « Khabarhub

सर्लाही स्थित धनकौलको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी 


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्लाही जिल्लामा २० वटा स्थानीय तह छन् । यो नेपालकै सबै भन्दा बढी स्थानीय तह भएको जिल्ला हो ।

यसै जिल्लाको धनकौल गाउँपालिकामा नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार राम आश्रय शाह र उपाध्यक्ष पदका उम्मेदवार अकली सहनी विजयी भएकी छन् । विजयी शाहले अध्यक्ष पदका लागि ४ हजार ४ सय ७७ मत ल्याएका थिए । उनका निकटम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार फकिरा महतोले ३ हजार ३ सय ७८ मत मात्र प्राप्त गरे । महतोलाई १ हजार ९९ मतले पछि पार्दै साह गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । साह गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत हुन् ।

गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकै अकली सहनी ४ हजार ५०४ मतका साथ विजयी भएकी छिन् । उनी पनि गाउँपालिकाको निवर्तमान उपाध्यक्ष हुन् । निकटम् प्रतिद्वन्दी माओवादी केन्द्रकी निलम देवी सहनीले तीन हजार २ सय २५ मत मात्रै प्राप्त गरिन् ।

सातवटा वडा रहेको धनकौल स्थित वडा नम्बर १, २, ४ र ७ मा कांग्रेसका, ५ र ६ मा माओवादी केन्द्र तथा ३ नम्बर वडामा नेकपा एमालेका वडाध्यक्ष विजयी भएका छन् । २ हजार ७४ सालको चुनावमा ३ वटा मात्र वडा जितेको कांग्रेसले यो पटक एउटा वड थप्दै ४ वटा पुर्याएको छ ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १२ : १६ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा