गोदावरी –३ को अध्यक्षमा अभिनेता राज विजयी | Khabarhub Khabarhub

गोदावरी –३ को अध्यक्षमा अभिनेता राज विजयी


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता राज घिमिरे (सानु राजा) गोदावरी नगरपालिका वडा नं ३ को अध्यक्षमा विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका उनी १ हजार ५९ मतसहित विजयी भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राम आचार्यले १ हजार ४८ मत प्राप्त गरेका छन् ।

घिमिरे अघिल्लो पटक स्थानीय निर्वाचनमा यसै वडाबाट पराजित भएका थिए ।

घिमिरेले केही अगाडि आफूले जिते अध्यक्षको हैसियतले पाउने कुनै पनि सरकारी सुविधा नलिने घोषणा गरेका थिए ।

उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफूले पाउने सेवा सुविधा गरिब तथा जेहन्दार विद्यार्थीका लागि खर्च गर्ने योजना सुनाएका छन् । 

नेपाली फिल्म चपली हाइटको अभिनयबाट परिचित बनेका उनले केही फिल्मसँगै म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १२ : ५१ बजे

समाजमा भ्रम फैलाउने छुट कसैलाई छैन : सञ्चारमन्त्री 

सुर्खेत– सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

काठमाडौं– पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा

के हो खगेन्द्र र दीपेन्द्रको सहकार्यको राज ?

काठमाडौं – फिल्म ‘पशुपतिप्रसाद’ निर्देशक दीपेन्द्र के खनाल र नायक

‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’

काठमाडौं– ‘हिमालयन चितुवा’को नामले परिचित किक बक्सर अविरल घिमिरेले अब