काठमाडौँमा स्थापितभन्दा बालेन २८७५ मतले अगाडि  | Khabarhub Khabarhub

काठमाडौँमा स्थापितभन्दा बालेन २८७५ मतले अगाडि 


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् ।

गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतगणना ३१ वैशाखमा सुरु भएदेखि नै साहले अग्रता कायम राखेका छन् ।

राष्ट्रियसभा गृहमा मतगणना भइरहेको छ । सोमबार (२ जेठ)को मध्यान्ह १२ बजेसम्मको आयोगले दिएको जानकारीअनुसार साहले दुई हजार ८५७ मतान्तरले अग्रता कायम राखेका छन् ।

साहले ६ हजार १६ मत ल्याउँदा उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार केशव स्थापितले तीन हजार १४१ मत ल्याएका छन् । कांग्रेसकी गठबन्धनका उम्मेदवार सिर्जना सिंहले दुई हजार ७८१ मत ल्याएर तेस्रो स्थानमा रहेर पछ्याइरहेकी छन् ।

स्थापित र सिंहले प्राप्त गरेको मत जोड्दा पनि स्वतन्त्र उम्मेदवार बालेन साहकोभन्दा कम रहेको छ ।

यसैगरी, राप्रपाबाट उम्मेदवार बनेका कलाकार मदनदास श्रेष्ठले ५५३ मत ल्याएका छन् ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १२ : ३० बजे

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

धनगढी– कैलालीको  गौरीगंगामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०