बरहथवा १७ मा जेठ ३ गते पुनः मतदान हुने « Khabarhub

बरहथवा १७ मा जेठ ३ गते पुनः मतदान हुने


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्लाहीको बरहथवा नगरपालिका अन्तर्गत वडा नम्बर १७ मा पुनः मतदान हुने भएको छ ।

नगरपालिकामा रहेका सम्पूर्ण वडाको मतदान सम्पन्न भइसकेता पनि वडा नम्बर १७ मा झडप हुँदा मतदान स्थगित गरिएको थियो । निर्वाचन आयोगले उक्त वडामा पुनः मतदान गर्ने निर्णय गरेको जिल्ला निर्वाचन अधिकारी दिवाकर भूजेलले जानकारी दिए । निर्वाचन अधिकृतको कार्यालय बरहथवाले जेठ १ गते सर्बदलिय बैठक राखेर त्यहाँ मतदानको मिति जेठ ३ गते मंगलबारलाई तोकिएको बरहथवाका निर्वाचन अधिकृत दशरथ पंगेनीले जानकारी दिए । ‘पहिला भएको मतदानलाई रद्द गरेर नयाँ मतदान गर्ने निर्णय गरेका छौँ । पहिलाको मतदानलाई सर्वदलीयको उपस्थितिमा पोको पारेर लाहा छाप लगाई शिलबन्दी गरिएको छ’ मतदान अधिकृत पंगेनीले बताए ।

उनका अनुसार वडा नम्बर १७ मा मंगलबार मतदान सकिए लगतै सर्वदलीयको बैठक अनुसार अन्य वडामा मत गणना सुरु हुनेछ । ‘मंगलबार बिहान ७ बजे देखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ’ उनले भने । वडा नम्बर १७ मा भएको मतदानमा जनता समाजवादी पार्टी पक्षले आफू पक्षीय मतदातालाई गत वैशाख ३० गते शुक्रबार बिहानै मतदान गराएपछि मध्यान्हबाट भने अन्य पार्टी पक्षीय मतदातालाई मत हाल्नै नदिएको नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र स्वतन्त्र उम्मेद्वारको आरोप छ । उनिहरुले निर्वाचन अधिकृतको कार्यालय बरहथवामा दर्ता गराएको संयुक्त लिखित निवेदनमा जसपाका उम्मेद्वार रामविश्वास राय लगायतले नेकपा माओवादी केन्द्रका वीरेन्द्र राय लगायतलाई मरणासन्न हुनेगरी कुटपिट गरेको समेत उल्लेख छ ।

वडा नं. १७ को आधारभूत विद्यालय परोरियाको मतदान स्थल अन्तर्गत २ वटा मतदान केन्द्रमा जम्मा एक हजार ९ सय ५४ मतदाता भएपनि त्यहाँ शुक्रबार गरिएको मतदानमा ३ सय ७२ मत मात्र खसेको थियो ।

१७ नम्बर वडाको विवादका कारण बरहथवा नगरपालिकाको मतगणना हुन न  सकेको हो ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १ : ५७ बजे

नेपाल नेत्रज्योति सङ्घबाट कम्बोडियामा पहिलो पटक निःशुल्क आँखा शिविर

कम्बोडिया– नेपाल नेत्रज्योति सङ्घले निःशुल्क आँखा शिविर मार्फत आँखा उपचार

विश्वकप : आयोजक क्यानडा, मेक्सिको र अमेरिका अन्तिम १६ बाटै आउट

काठमाडौँ – फिफा विश्वकप २०२६ का तीनवटै आयोजक राष्ट्र प्रतियोगिताबाट

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे

स्टार खेलाडीको गोल सेलिब्रेसन पछाडिको रहस्य ?

काठमाडौँ – गोल भएपछि क्रिस्टियानो रोनाल्डो किन ‘सिउउउ’ भन्दै हावामा

तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै

तनहुँ– कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा टेवा