निर्वाचन आयोगको निर्देशनमा मन्त्री झाँक्रीको गृह पालिकामा मतगणना स्थगित « Khabarhub

निर्वाचन आयोगको निर्देशनमा मन्त्री झाँक्रीको गृह पालिकामा मतगणना स्थगित



काठमाडौँ – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको गृहपालिका गुल्मीको मदाने गाउँपालिकामा मतगणना स्थगित भएको छ।

मतपत्र बदरको विषयमा विवाद हुँदा मतगणना स्थगित भएको हो । सबै वडाको मतगणना सकिन लाग्दा अध्यक्ष र उपाध्यक्ष झिनो मतान्तरले मात्र विजयी हुने भएपछि विवाद भएको हो । गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका महेन्द्र कुँवरभन्दा एमालेका प्रेम केसी ९२ मतले पछाडि छन्।

मतदान गर्दा मतपत्रमा मसी बढी भएको मतपत्रलाई पनि मान्यता दिने सहमति भए पनि अन्तिम समयमा केही मतले मात्र हार हुने भएपछि नेकपा एमालेले पुन: गणनाको माग गरेको हो।

‘मतगणना अन्तिम समयमा आएर निर्वाचन आयोगबाट फोन आएपछि हामीले रोकेका हौँ।’ मतगणनामा संलग्न एक कर्मचारीले भने, के गर्ने भनेर फेरि पनि आयोगकै फोन कुरेका छौँ।’

नेकपा एमालेका नेता गोकर्ण बिस्टको पहलमा निर्वाचन आयोगले फोन नै गरेर मतगणना रोक्न भनेपछि आयोगले चासो राखेको हो । मन्त्री झाँक्री भने एकीकृत समाजवादी पार्टीमा छिन् ।

वडा नम्बर २ र ५ वडामा एमालेले जितेको छ भने बाँकीमा गठबन्धनले जितेको छ । वडा नम्बर ७ को भने अन्तिम परिणाम आउन बाँकी छ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १ : २४ बजे

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत आयोजना सञ्चालन

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा

साँगा-धुलिखेल सडक स्तरोन्नतिको काम कता पुग्यो ?

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु

महाधिवेशनमा एमालेले ५० हजार बढी युवा उतार्ने

काठमाडौं – नेकपा (एमाले)को महाधिवेशनमा युवा संघ नेपालले ५० हजार

आइतबारको माैसम पूर्वानुमान : देश आशिंक बदली

काठमाडौं – आइतबार दिउँसो देशभर घाम लाग्दै बादल लाग्ने मौसमविद्ले

ओली कुटीको नक्सा पोस्ट गर्दै शिक्षामन्त्री लेख्छन्- ‘इन्जिनियरलाई कारबाही गर्नुपर्छ !’

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले ओली कुटीको नक्सा बनाउने इन्जिनियरलाई