कीर्तिपुर नगरपालिकामा कांग्रेसको अग्रता « Khabarhub

कीर्तिपुर नगरपालिकामा कांग्रेसको अग्रता


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर– स्थानीय तहको निर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका राजकुमार नकर्मीले छ हजार ८१० मत प्राप्त गरेका छन् । सोही पदमा नेकपा एमालेका केशरत्न बज्रचार्यले तीन हजार ७८२ मत प्राप्त गरे ।

उपप्रमुखमा जनता समाजवादी पार्टीका शुभलक्ष्मी शाक्यले छ हजार ३८४ प्राप्त गरे भने एमालेका बिन्दु महर्जनले चार हजार ९७१ मत प्राप्त गरेका छन् । दश वडा रहेको उक्त नगरपालिका– ४ मा स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारीले एक हजार ३८० मत ल्याएर निर्वाचित भए । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका राजेन्द्र बानियाँले एक हजार ५७ मत पाए ।

वडा नं ५ मा कांग्रेसका राजेन्द्रकुमार महर्जनले एक हजार ३४० मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका सुशील महर्जनले ७३१ मत प्राप्त गरे ।

वडा नं ६ मा कांग्रेसका खिरमान बस्नेतले एकहजार ३३३ मत प्राप्त गरी निर्वाचित भए भने उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी का सुशील डङ्गोलले ८७० मत प्राप्त गरेका थिए । वडा नं ७ मा कांग्रेसका दिवाकर शर्मा अधिकारीले ६८७ मत प्राप्त गरी निर्वाचित भए भने निकटतम प्रतिस्पर्धी एमालेका हरिबहादुर महर्जनले ३९२ मत प्राप्त गरेको निर्वाचन अधिकृत कमला घिमिरेले जानकारी दिए ।

अन्य वडाको मतगणना जारी छ । कूल तीस हजार ३२८ मतदाता भएको उक्त नगरपालिकामा २४ हजार ३२ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १ : ५५ बजे

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय

रास्वपासँगबारे कुलमान : १२ दिन दुर्घटनामा परेका थियौँ, चोखिएर आउन सफल भयौँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले केही समय दुर्घटनामा परेको

रविको मुद्दाबारे ओली : सहकारीको पैसा पनि अब महान्यायाधिवक्तको कार्यालयले तिर्छ होला ?

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सविता

बालेनबारे ओलीको आक्रोश : मविरुद्ध चुनाव लड्ने भन्दै लुसिफरहरू झापा पुगेछन्, पैसाको स्रोत के रहेछ ?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई अस्थिर बनाउने

ट्रक दुर्घटनामा पाँच जनाको मृत्यु

इनरुवा– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा