पूर्वी युक्रेनमा रुसी सेनाविरुद्ध प्रत्याक्रमण सुरु « Khabarhub

पूर्वी युक्रेनमा रुसी सेनाविरुद्ध प्रत्याक्रमण सुरु


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युक्रेनी सेनाले रुसी फौजविरुद्ध मुलुकको पूर्वी क्षेत्रमा व्यापक प्रत्याक्रमण थालेको छ । युक्रेनी फौजको प्रत्याक्रमणका क्रममा पूर्वी युक्रेनस्थित खार्किभ शहरमा भीषण लडाइहरू भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसअघि पश्चिमा सैनिक निकायहरूले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा रुसी फौजको आक्रमण सुस्त भएको बताएका थिए । युक्रेनी आन्तरिक मन्त्रालयका सल्लाहकार भादिम डेनिस्चेन्कोले टेलिभिजनमा सम्बोधन गर्दै खार्किभ नजिकै ‘हाम्रो प्रत्याक्रमण’ जारी रहेको जनाएका छन् ।

‘यो रोकिनेछैन… यसबाट हामी रुसी मोर्चाको पछाडिको खेमामा पुग्नेछौँ ।’ उनलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

यता युक्रेनको लुहान्स्क क्षेत्रका गभर्नर शेरी गाइदाइले युद्ध मैदानको अवस्था ‘कठिन रहेको’ बताएका छन् । उनका अनुसार रुसी फौजले अहिले पूर्वी युक्रेनको सिभेरोडोनेत्स्क शहर कब्जा गर्ने प्रयास गरिरहेका छन् ।

उनका अनुसार रुस समर्थित लुहान्स्क जनगणतन्त्रका नेताहरुले त्यहाँ जन परिचालनको घोषणा गरेका छन् । लुहान्स्क जनगणतन्त्रले मानिसहरुलाई ‘लड्ने वा गोली खाने’ दुई विकल्प दिएको उनले बताए । ‘अर्को कुनै विकल्प छैन ।’ गाइदाइलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

यसबाहेक दक्षिणी युक्रेनको खेर्सन शहरमा पनि लडाइ जारी रहेको रोयटर्सले जनाएको छ । केही अघि मात्रै मिकोलाएभ शहरमा रुसी सेनाले क्षेप्यास्त्र आक्रमण गरेको युक्रेनी राष्ट्रपतिको कार्यालयले जनाएको थियो ।

यस्तै, अर्को पूर्वी शहर इजियममा पनि रुसी तथा युक्रेनी फौजबीच भीषण युद्ध भइरहेको रोयटर्सले जनाएको छ । युद्धका क्रममा युक्रेनी सेनाले आइतबारमात्रै रुसी फौजको १७ आक्रमणहरुलाई विफल पारेको दाबी गरेको छ ।

युक्रेनले ११ वटा रुसी सैनिक उपकरण ध्वस्त पारेको दाबी गरेको छ । युक्रेनी आक्रमणमा अरु दुई रुसी हेलिकोप्टर, ७ चालकरहित हवाई उपकरण ‘ड्रोन’, दुई क्रुज क्षेप्यास्त्र पनि ध्वस्त पारेको युक्रेनी सेनाको दाबी छ ।

यसअघि रुसले पुरै मोर्चामा आक्रमण गरेको जनाइएको थियो । रुसी फौजले २३ वटा गाउँ तथा शरहरुमा रहेका सार्वजनिक एवम् गैर सैनिक निशानालाई लक्षित गरी आक्रमण गरेको युक्रेनले दाबी गरेको थियो ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १ : ४८ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने