प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता सम्पन्न  « Khabarhub

प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता सम्पन्न 


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दुई देशका प्रधानमन्त्रीबीच लुम्बिनीमा भेटवार्ता भएको हो । भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो ।

भेटवार्तामा गत अप्रिल १ देखि ३ सम्म प्रधानमन्त्री देउवाले गरेको भारत भ्रमणका उपलब्धिको स्मरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आज नै परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय प्रधानमन्त्री मोदीसँग लुम्बिनीमा शिष्टाचार भेटवार्ता गरेका थिए ।

मोदी भारतीय वायु सेनाको हेलिकप्टरमा आज बिहान लुम्बिनी आएका हुन् । लुम्बिनीमा उनलाई प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए । उनी बेलुकी ५ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  २ : १७ बजे

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६