४९ स्थानीय तहको प्रमुखका साथ कांग्रेस पहिलो स्थानमा « Khabarhub

४९ स्थानीय तहको प्रमुखका साथ कांग्रेस पहिलो स्थानमा


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । आज अपराह्न १ः३० बजेसम्म सार्वजनिक ११८ स्थानीय तहको मत परिणामअनुसार नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । 

नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छन् । कांग्रेसले हालसम्म सात प्रमुख र ४२ अध्यक्षसहित ४९ पालिकाको नेतृत्व आफ्नो हातमा पारेको छ । कांग्रेस चार उपप्रमुख र ५० उपाध्यक्षमा विजयी भएको छ । 

यस्तै तीन प्रमुख र ३८ अध्यक्षसहित ४१ पालिकामा एमाले र एक प्रमुख र २२ अध्यक्षसहित २३ पालिकामा माओवादी केन्द्र विजयी भएको निर्वाचन आयोगले जनाएको छ । एमाले पाँच उपप्रमुख र ३१ उपाध्यक्ष तथा माओवादी दुई उपप्रमुख र १५ उपाध्यक्षमा विजयी भएको छ । नेकपा (एकीकृत समाजवादी) ले दुई अध्यक्ष र छ उपाध्यक्ष तथा अन्य दलले पनि दुई पालिका अध्यक्ष र चार उपाध्यक्ष जितेका छन् । यस्तै नेपाल मजदुर किसान पार्टीले एक प्रमुख र एक उपप्रमुख जितेको छ । 

यो समाचार तयार पार्दासम्म कांग्रेस एक हजार ७१ वडामा विजयी भएको छ । कांग्रेसका तर्फबाट एक हजार ६६ महिला सदस्य, एक हजार ३२ दलित महिला सदस्य र दुई हजार १२० वडा सदस्य विजयी भएका छन् । यस्तै एमाले ८२१ वडामा विजयी भएको छ । एमालेले ८८३ महिला सदस्य, ८६४ दलित महिला सदस्य र एक हजार ७७९ वडा सदस्य जितेको छ । 

यसैगरी माओवादी केन्द्रले ४५८ वडामा जित हासिल गरेको छ । माओवादीका तर्फबाट ४३० महिला सदस्य, ४५८ दलित महिला सदस्य र ८०४ वडा सदस्य निर्वाचित भएका छन् । एकीकृत समाजवादीले ६७ वडामा जित हासिल गरेको छ । अन्य दल र स्वतन्त्रका तर्फबाट १७८ जना वडाध्यक्षमा निर्वाचित भएका छन् ।  

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ३ : १६ बजे

मेयर कपको उपाधि बेसीशहर-२ को पोल्टामा

लमजुङ –  लमजुङ बेसीशहरमा भएको तेस्रो ‘मेयर कप’ वडा स्तरीय

सुरुमै उपचार भए डिम्बाशयको क्यान्सर निको हुन्छ

पछिल्लो समय डिम्बाशयको क्यान्सरका बिरामीहरू बढ्दै गएका छन्। यो समस्या

सेती जलविद्युत् आयोजना अन्तिम चरणमा

कास्की – कास्की जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी

महिला टी-ट्वान्टी क्रिकेटको अन्तिम श्रृंखला आज : मलेसियासँग भिड्दै नेपाल

काठमाडौँ – महिला टी–२० क्रिकेट प्रतियोगितामा आज नेपाल र मलेसियाबीच

महिला च्याम्पियन्स लिगको उपाधि बार्सिलोनालाई

काठमाडौँ– युईएफए महिला च्याम्पियन्स लिगको उपाधि बार्सिलोनाले जितेको छ ।