तातो हावाका कारण भारतमा गर्मी कायमै, दिल्लीको तापक्रम ४९ डिग्री नाघ्यो « Khabarhub

तातो हावाका कारण भारतमा गर्मी कायमै, दिल्लीको तापक्रम ४९ डिग्री नाघ्यो


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तातो हावाको बहावका कारण भारतका उत्तरी भागमा अत्यधिक गर्मी बढेको छ ।

गर्मी बढेसँगै दिल्ली र उत्तर प्रदेशका स्थानहरूमा तापक्रम ४९ डिग्री सेल्सियस मापन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय मौसम कार्यालयले दक्षिणी राज्य केरलामा भारी वर्षाको चेतावनी दिएको छ भने पाँच जिल्लाहरूमा रेड अलर्ट जारी गरेको छ ।

दिल्लीको सफ्दरजंग अब्जरभेटरीले ४५ दशमलब ६ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरेको छ भने उत्तरपश्चिम दिल्लीको मुंगेशपुर र दक्षिणपश्चिम दिल्लीको नजफगढमा दुई वटा मौसम स्टेसनहरूले क्रमशः ४९ दशमलब २ र ४९ दशमलब १ डिग्री सेल्सियस तापक्रम मापन गरेको भारतीय समाचार च्यानल एनडीटीभीको अनलाइन संस्करणले जनाएको छ ।

सफ्दरजंगको तापक्रम यो सिजनको उच्च हो । अत्यधिक गर्मी बढेपछि भारतीय अधिकारीहरुले मानिसहरुलाई अत्यावश्यकबाहेक घरबाहिर ननिस्किन आह्वान गरेका छन् ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ३ : २९ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा