शङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता « Khabarhub

शङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शङ्खरापुर नगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठले अग्रता कायम गरेका छन् । 

श्रेष्ठले दुई हजार ३१७ मत प्राप्त गरेको नगर निर्वाचन कार्यालयले जनाएको छ । उनलाई पछ्याउँदै नेकपा एमालेका कृष्णलाल बजगाईँले दुई हजार २७७ मत पाए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रमेश नापितले दुई हजार २४८ मत ल्याए । नेकपा माओवादी केन्द्रका मधु (नीरज) केसीले एक हजार ८५६ मत प्राप्त गरे। जनता समाजवादी पार्टी जसपा का भुवन वाइवाले ५८ मत पाएका छन् ।

नगर उपप्रमुखमा नेपाली कांग्रेसका समिता श्रेष्ठको अग्रता छ । उनले तीन हजार ४९४ मत पाएका छन् । उपप्रमुखमा नेकपा माओवादी केन्द्रका चण्डिका दङ्गालले एक हजार ७९२ मत पाएका छन् । राप्रपाका विजयकुमारी वाइवाले एक हजार ७३२ मतका साथ प्रतिस्पर्धामा छन्। एमालेका लक्ष्मी केसीले एक हजार ७२६ मतका साथ पछ्याएका छन् । 

नगरपालिकामा हालसम्म नौ हजार ६७३ मतगणना भएको नगर निर्वाचन अधिकृत सीता निरौलाले जानकारी दिए ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ३ : ३१ बजे

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६