शङ्खरापुरको वडा नं. २ र ८ मा कांग्रेसको प्यानल नै विजयी « Khabarhub

शङ्खरापुरको वडा नं. २ र ८ मा कांग्रेसको प्यानल नै विजयी


२ जेष्ठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शङ्खरापुर नगरपालिकाको वडा नं. २ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।

स्थानीय तहको निर्वाचन अन्तर्गत गत शुक्रबार भएको मतदानको मतगणनाबाट कांग्रेसका रणबहादुर थिङ वडा अध्यक्ष पदमा निर्वाचित भए । यसैगरी खुला सदस्यद्वयमा राकेश गुरुङ र वासुदेव लामिछाने निर्वाचित भएका छन् । महिला सदस्यमा मीनाकुमारी घिसिङ निर्वाचित भइन् ।

 यसैगरी वडा नं. ८ मा पनि कांग्रेसका पोते थिङ वडा अध्यक्ष पदमा निर्वाचित भए। यसैगरी सदस्यहरूमा महिलामा तारा रानाभाट, खुलामा समाजवादीसँगको गठबन्धनका मनोज तामाङ र सुदन केसी निर्वाचित भए । नगरपालिकाको वडा नं १ एमाले, वडा नं ३ मा माओवादी र वडा नं। ९ मा कांग्रेस यसअघि नै निर्वाचित भइसकेका छन् । अहिलेसम्म नगरपालिकाको पाँच वटा वडाको मतगणना भइसकेको छ । नौ वटा वडा रहेको नगरपालिकामा अहिले वडा नं. ४ र ७ को मतगणना भइरहेको छ ।

यो सकेपछि वडा नं. ५ र ६ को मत गन्न बाँकी रहने नगर निर्वाचन कार्यालयले जनाएको छ । कुल २२ हजार ५०० मतदाता रहेको नगरपालिकामा वैशाख ३० गते भएको निर्वाचनमा १७ हजार १०० मत खसेको थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ४ : १७ बजे

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको

गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

काठमाडौँ- वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना

सरकारलाई मिराजको आग्रह : ‘मध्यरात होइन, दशैँपछि दिउँसै गिरफ्तार गर्नू’

काठमाडौं- जेन-जी अगुवा मिराज ढुंगानाले आफूलाई मध्यरातमा नभई दशैँपछि दिउँसै

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

कायरो- इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा