खोटेहाङमा बागी उम्मेदवार वडाध्यक्षमा विजयी  « Khabarhub

खोटेहाङमा बागी उम्मेदवार वडाध्यक्षमा विजयी 


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको खोटेहाङ गाउँपालिका–८ सिमपानीमा स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर थापा विजयी भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित थापा यस निर्वाचनमा स्वतन्त्रबाट उठेर विजयी भएका हुन् ।

उनी एमालेका कृष्णबहादुर खड्कालाई ८९ मतले पछि पार्दै वडाध्यक्षमा चुनिएका हुन् । थापाले ५७३ मत र खड्काले ४८४ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

 थापा दोश्रो कार्यकालका लागि वडाध्यक्षका उम्मेदवारका आकांक्षी थिए । तर कांग्रेसले सुशील उदासलाई उम्मेदवार बनाएपछि थापाले बागी उम्मेदवारी दिएका थिए । कांग्रेसका आधिकारिक उम्मेदवार उदासले १२४ मत पाएका छन् ।

उम्मेदवार छनौटमा नेतृत्वबाट गलत निर्णय भएको भन्दै कांग्रेसको वडा कार्यसमितिका सभापति गणेश खड्कासहित १२ जनाले गत १४ वैशाखमा संयुक्त विज्ञप्तिमार्फत कांग्रेसको साधारण सदस्यसमेत नरहने घोषणा गरेका थिए ।

संकटको समयमा जितेको र संगठन बनाएको ठाउँमा टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिनुपरेको थापाले बताए । सो वडामा राप्रपाका राविज भुजेलले सात मत पाएका छन् । 

आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेको भन्दै कांग्रेसले थापालाई विधान २०१७ (संसोधन सहित) को दफा ३४ को उपदफा ४ (क)बमोजिम ५ वर्षका लागि पार्टीको साधारण सदस्यता नरहने गरी निष्कासनको घोषणा गरिसकेको छ । थापा कांग्रेसका क्षेत्रीय प्रतिनिधि हुन् । 

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ४ : १० बजे

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि